सल्यानमा दिनप्रतिदिन एमाले छोड्नेहरुको लहरै बढ्यो

दुर्गा विसी
सल्लीबजार, ३ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ निवासी दिवाकर शर्माले एमाले पार्टी छोडेको घोषणा गरेका छन् । आफु जन्मजात एमाले भएको र हालसम्म एमाले वाहेक दायाँबायाँ कहि कतै टसमस नभएको तर उपरान्त आजका मिति देखि उक्त पार्टीमा नरहने घोषणा गरेका छन् ।
एमालेले नेतृत्व गरेको नगरपालिकाको विकासको हविगत र सबै भन्दा वेरोजगारि तेहि क्षेत्रमा रहेको हामी युवाहरुको लागि खासै सोचमग्न काम केही नभएकोले वदनामि पार्टीको पछाडि नलाग्ने जनाएको छ ।
शर्मा २०६४ मा प्रारम्भिक कमिटी अध्यक्ष अनेरास्ववियु त्रिभुवन जनता माध्यमिक विद्यालय संखपिपल च्यूरा सल्यान, २०६६ मा प्रारम्भिक सचिव सितल उच्च माध्यमिक विद्यालय संखपिपल चौरजहारी रूकुम, २०६७ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य रूकुम,२०७४ मा सितल क्याम्पस स्ववीयू सचिव रुकुम रहेका थिए ।
२०७८ मा एमाले नगर कमिटि सदस्य वनगाड कुपिण्डे, बनगाड कुपिण्डेको नेकपा एमालेको राजनैतिक, आर्थिक विकासी गतिविधि मन नपरेरै पार्टी छोडेको बताएका छन् । उनले जन्मजातै बस्दै आएको घरबाट निस्कने निर्णय लिएको छु । मेरा आदर्णिय शुभचिन्तकहरुमा यो जानकारी गराउँदछु आजदेखि नेकपा–एमालेको राजनीतिक यात्राबाट छुटिएर स्वतन्त्र भएको घोषणा गर्दछू ।
देशभन्दा वाहिर भएकोले सामाजिक सञ्जाल फेसबुकको माध्यमद्वारा यो जानकारी गराए । आजसम नेकपा एमाले भित्र रहि विभिन्न पद तथा जिम्मेवारीबाट प्राप्त गरेका सबै जिम्मेवारी पुरा गरेको छु । नेकपा एमालेमा रहँदा कहि कतै कमि कमजोरी भएछन भने छ्यामायाचना गर्दछु भनेर उनले सामाजिक सञ्जाल बाटै पार्टीलाई जानकारी गराउने काम गरेका छन् ।
यसरी पार्टीमा दुख गरेका लामो जीवन यापनसँग कष्टकर रुपमा पार्टीलाई यहाँसम्म पुरयाउन सफल धेरै आज एमाले छाड्दै बाहिदै छन् । पार्टी छाड्नुमा मुख्य दोष नेतृत्वमाथी थुपार्ने काम भएको छ । पार्टी छोड्नेहरुले विकाससँगै अवसरमा नातावाद, कृपावाद, पार्टीमा दुख त्याग तपस्या गरेका भन्दा अन्यलाई प्राथमिकता आदि कारण जोड्ने गरिएको छ ।
पालिकामा स्थानीय तह जितेको एमालेको अवस्था हेर्दा नागरिकले छिछि र थुथु मात्रै गरेको सुन्नसँगै देख्ने गरिएकोले यस्तो पार्टीमा बस्ने मेरो नैतिकताले नदिएका कारण आजको मितिदेखि नै उक्त पार्टी छोडेर स्वतन्त्र जीवन जिउने घोषणा गरेको युवा शर्माले बताए ।






