जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला, १३ असार । 

जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन, मादकपदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए ।

यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइको छ । पछिल्लो समयमा बढिरहेको सहरीकरणले जुम्लामा पनि सवारीसाधनको चाप बढ्दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको ।

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

नलगाडलाई २३ लाख ६० हजारको राहत 

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *