व्यक्तित्व चर्चा : दानीज्ञानी हुन जनकराज शर्मा

पृथ्वी बहादुर सिंह 
बुवा टिकराम शर्मा, आमा मैमादेवी शर्मा चार भाई छोरा एक बहिनी मध्ये माइला छोराको रुपमा पहिलो अवलचिङ गा.वि.स वडा नं. ५ हालको चि“गाड गा.पा. वडा नं. ५ बाहुन टोल सुर्खेतमा २०२५ साल पौष ८ गते आईतबार मध्यम परिवारमा जन्मेका थिए जनकराज शर्मा । शुरुको शिक्षा घरमा वुवा शिक्षित भएकोले अध्ययन कखरा बाह्रखरी पढाएर ११ वर्ष हु“दा भैरवी मा.वि. अवलचिङ सुर्खेतमा कक्षा–१ बाट विद्यालय शिक्षा अध्ययन शुरु गरेका हुन् । त्यही विद्यालयबाट ८ कक्षा र मा.वि. ९/१० उत्तीर्ण भएर एसएलसी पनि त्यहीबाट २०४४ सालमा उत्तिर्ण गरेका हुन् ।
त्यसपछी वीरेन्द्रनगर बहुमुखी क्याम्पस आइए प्रथम परीक्षापछी स्थायी शिक्षक परीक्षा पास भै ने.रा.प्रा.वि. धौलाचाखा चौर मटेला सुर्खेतमा २०४५ अश्विन १ गते अध्यापन गराउनु थाल्नु भएको हो । २०५० सालमा सरुवा भएर सरस्वती प्रा.वि. घाटगाउ सुर्खेत डेढ वर्ष अध्यापनपछी सरुवा भएर ने.रा.प्रा.वि. धरमपोखरा अवलचिङ सुर्खेत सरुवा भएर अध्यापन गराउन थाल्नुभयो । त्यो विद्यालयमा ३ वर्ष प्र.अ.भै अध्यापन गराएर २०४५ मा भैरव मा.वि. अवलचिङ सुर्खेत सरुवा भै अध्यापन गराउँदै २०४९ मा वीरेन्द्रनगर वहुमुखी क्याम्पसबाट आइएड उत्तिर्ण हुनुभएको थियो । २०५६ मा शिक्षा क्याम्पस सुर्खेतबाट अंग्रेजी नेपाली विषयमा विएड र त्यही क्याम्पसबाट २०७६ नेपालीमा एम.एड पास गर्न पुग्नु भएको हो । २०६० मा भैरव मा.वि. अवलचिङको प्रधानाध्यापक समेत हुनु भएको थियो । देशमा माओवादी द्धन्द्धले घनीभुत हु“दा माओवादीले अनेक प्रकारले माग राख्दा पुरा नगरेपछी २१ दिन हिरासत र ६५ दिन कडा निगरानी राखी गलत कार्य नभेटाए पछि प्रधानाध्यापक पद छोड्न अन्तिममा लगाएका थिए । वावु–बाजेबाट मटेला, अवलचिङ, गुरा“सका गाउ“हरुमा प्रोहित कार्य जजमानहरुको गर्दै आएकोले विहान वेलुका विदाको दिन गर्दै पनि आउनु भएको छ । घरमा कृषि, पशुपालनमा समय पाएसम्म सघाउ“दै आएका कर्मशिल व्यक्ति हुन जनकराज शर्मा ।
पहिले मालिका गा.वि.स दैलेख हाल दुल्लु न.पा. वडा नं. १३ छरङ  गाउ“ दैलेख ससुरा टिकाराम भट्टराई दुई बहिनि छोरी एक भाई मध्ये कान्छी छोरी कक्षा–८ उत्तिर्ण गरे कि दिपा शर्मा (भट्टराई) लाई मागी विवाह गरेका छन् श्रीमतीले कार्य र छोराछोरी शिक्षा दिक्षा संघाउदै आइरहेकी छिन ।
उहाँ दयले २ छोरा ३ छोरी जन्मदिनु भएर छोरी विवाह वन्धन वा“धिन पुगेकी छन् । कान्छी छोरी ज्ञानु उपाध्याय अनमी शिक्षा पास गरी शिवालय गा.पा. सिमा स्वास्थ्य केन्द्र जाजरकोटमा अनमी जागिरमा छिन् । जेठा छोरा देवराज मेडिकल सिएम् पास गरेर लोकसेवा तयारीमा छन् भने कान्छा छोरा शिशिर युनीभर्सल इन्जिनियर अध्ययन साइन्स क्याम्पस ललितपुरमा छन् । भाई कान्छा नारायण प्रसाद शर्मा अविवाहित भै घर व्यवहार गर्दै संगै बसेका छन् । आफनो कमाई र प्रोहितबाट प्राप्त सामाग्री आर्थिक सहयोग दान गुरा“स गा.पा., इकाई गुरा“स, प्रा.वि. लाई ३ वटा काठका चारपाई विस्तरासहित प्रदान गरेका छन् । त्यस्तै चिगाड गा.पा. स्वाथ्य चौकी रानीवास, पाम्का, भोर्जोनी र खोप केन्द्र धरमपोखरा एकएक थान भैरव मा.वि. अवलचिङ–२ मालिका मा.वि. मटेला, मा.वि. रानिवास, मा.वि. धौलाचाखा चौर, प्रा.वि. धरमपोखरा र प्रा.वि. चाँद खर्केमा एकएक खाटबेड भाँडाकुडा समेत प्रदान गर्नुभएको छ । त्यस्तै भैरव मा.वि. सदस्य, प्र.अ दिपा जनक शर्मा प्रोसाहन पुरस्कार कोष बाह्र हजार, प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा टिका मैमा वुवा आमाको नाममा अक्षयकोष १२ हजार प्रदान गर्नुभएको छ । त्यस्तै भोर्जन काई पाम्कामा इकाई स्वास्थ्य केन्द्रमा १/१ खाट र भाँडाकुडा प्रदान गर्नुभएको छ ।
हाल पनि भैरव मा.वि. अवलचिङ सुर्खेतमा अध्यापन संगसंगै गा.पा. शिक्षक महासंघ समितिको दास्रो कार्यकालको अध्यक्ष नेतृत्व गरिरहनु भएको छ । जीवनको लामो समय अध्यापन सेवा सामाजिक प्रोहित भएर जनसेवा गरेका जनकराज शर्मा अब छिट्टै शिक्षक जीवनबाट सेवा निवृत्त हुन लाग्नुभएको छ । निवृत्त समयमा पनि सामाजिक सेवा प्रोहित सेवामा बिताउने सोच बनाउनु भएको छ । त्यस्तै वहुदलिय प्रजातन्त्र पछिका १० वर्ष द्धन्द्ध २०६२/०६२ सयुँक्त जनआन्दोलन दोस्रोपछी राजतन्त्रको अन्त्य स्थिर सरकार पा“च वर्बा संचालन गरी ३६ वर्षमा ३३ वटा अल्पकालिन सरकार बनाउ“दा अनेकौ विकृती राज्य तहमा पुगेका पार्टी नेतागणंमा मौलाउँदा २०८२ भदौं २३ र २४ जेन्जी नामको युवा विद्रोह उठेर देशको भौतिक र संरचना व्यक्तिका संरचना आगो लगाएर ध्वस्त हु“दा सुरक्षा निकाय मुखदर्शक बन्यो । सरकारमा बसेका अपदस्थ भै मध्यावधि संसद निर्वाचन हु“दा रा.स्व.पा. नया“ राजनिति पार्टीका युवा नेता नेतृत्व संसदमा बहुमत प्राप्त गरी सरकार बनाएको छ । अब राज्यले शिक्षा स्वास्थ्य निःशुल्क रोजगारीको ग्यारेन्टी गर्दै लिएर पहाडलाई सम्पन्न बनाउन कृषि वैज्ञानिकिकरण गर्दै  यो पार्टी सरकाले विदेशीसंग कुटनीतिक पहल शुसासन चलाउन नसके यस्ता अल्पविकसित परदेशको श्रमदास हुने युवायुवतीका देशहरुमा साम्राज्यवादी मुलुकहरुले अनेकौ द्धन्द्धमा र फसाउन सक्छन भन्ने नेपाली राजनिती पार्टीहरुले देश चलाउन विदेश निती एकमत हुने सहमती सहकार्य गरी सुशासन चलाउनु पर्ने दुरशन्देश पनि दिँदै आउनुभएको छ । यसैले जन नजरमा दानी ज्ञानीको रुपमा उभिँदै आएका छन् जनकराज शर्मा ।

 

व्यक्तित्व चर्चा : दानीज्ञानी हुन जनकराज शर्मा

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा

व्यक्तित्व चर्चा : दानीज्ञानी हुन जनकराज शर्मा

भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *