शिक्षामन्त्री पोखरेलद्धारा विश्वविद्यालयको अनुगमन

सुर्खेत, ३असार ।

शिक्षा तथा खेलकुद मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण गरेका छन् । विश्वविद्यालयको १६ औँ बार्षिकोत्सव, १८ औँ सिनेट तथा चौथो दीक्षान्त समारोहको पूर्वसन्ध्यामा सम्पन्न उक्त अवलोकन भ्रमण गरिएको हो ।

सहकुलपति पोखरलले विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी गतिविधिहरू, भौतिक पूर्वाधारको अवस्था तथा समग्र प्रगतिबारे स्थलगत जानकारी लिएका थिए । साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक सुझाव एवं निर्देशन प्रदान गर्नुका साथै आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।

भ्रमण कार्यक्रममा प्रतिनिधि सभा सदस्य रमेश सापकोटा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेल, रजिष्ट्रार सहप्रा. डा. अर्जुन बहादुर अयडी, पूर्व उपकुलपतिद्वय केदारभक्त माथेमा तथा प्रा. डा. उपेन्द्र कोइराला, प्रधानमन्त्रीका प्रेस बिज्ञ दीपा दाहाल, डीन सह–प्रा. डा. करन सिंह धामी, कार्यकारी निर्देशकद्वय डा. विष्णु कुमार खड्का र यदु प्रसाद ज्ञवाली लगायत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अवलोकन भ्रमणका क्रममा रामघाटस्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री, ग्य्राजुएट स्कुल अफ ल ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेज, केन्द्रीय पुस्तकालय लगायत विश्वविद्यालयका विभिन्न निकायहरूको निरीक्षण तथा अवलोकन गरिएको थियो । 

सो अवसरमा सम्बन्धित निकायका प्रमुखहरूले आफ्नो निकायको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउनुका साथै भावी योजना र आवश्यकताका विषयमा समेत अवगत गराउनु भएको थियो ।

त्यसैगरी उक्त टोलीले भ्रमणकै क्रममा कर्णाली प्रदेश रंगशाला, सुर्खेत बहुमुखी क्याम्पस, रामघाट स्थित हिमशिखर बहुमुखी क्याम्पस, शिखर माध्यमिक लगायतका विद्यालयहरुको समेत अवलोकन भ्रमण गरिएको थियो ।

शिक्षामन्त्री पोखरेलद्धारा विश्वविद्यालयको अनुगमन

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *