२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

खेलकुद परिषद्को सदस्य सचिवमा १० जनाकाे प्रारम्भिक योग्यताक्रम सार्वजनिक

सुर्खेत,१ माघ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव सिफारिस प्रक्रियाअन्तर्गत प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक भएकाे छ । सामाजिक विकास मन्त्रालयले ९ मंसिर २०८२ मा परिषद्को सदस्य सचिवकाे पदपूर्तिका लागि खुला दरखास्त आव्हान गरेकाे थियाे । दरखास्त बमोजिम आवेदन दिएका उम्मेदवारहरूमध्ये १० जना प्रारम्भिक छनोटमा परेका छन् ।
मन्त्रालयका अनुसार सदस्य सचिव पदका लागि २१ जनाले आवेदन दिएका थिए । ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनौट सम्बन्धी मापदण्ड, २०८२’ को दफा ७ बमोजिम उम्मेदवारहरूले स्वयम् प्रमाणित गरी पेश गरेका शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी कागजातहरूको मूल्याङ्कन पश्चात सूचि सार्वजनिक गरिएकाे हो । सोही मूल्याङ्कनका आधारमा ऐनको दफा ७ को उपदफा (७) अनुसार प्रारम्भिक योग्यताक्रमको सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।
वर्णानुक्रम अनुसार प्रारम्भिक योग्यताक्रममा पर्ने उम्मेदवारहरूमा जुम्लाका चेतनराज गिरी, दैलेखका जगतप्रसाद रिजाल, सुर्खेतका दिपक हमाल र दिलिप बस्याल छन् । यस्तै, कालिकोटका पंखबहादुर मल्ल, दैलेखका पवनकुमार थापा, सुर्खेतका प्रभात थापा, प्रमोद हमाल र रविन्द्र चन्द तथा दैलेखकी हेमा खड्काकाे नाम सार्वजनिक भएकाे छ ।
प्रारम्भिक योग्यताक्रममा समावेश भएका उम्मेदवारहरूको अन्तरवार्ता ३ माघमा ताेकिएकाे छ ।

६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो ।
प्रदेश सरकारले परिषद् रिक्त भएको एक वर्षपछि सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएकाे हाे ।

खेलकुद परिषद्को सदस्य सचिवमा १० जनाकाे प्रारम्भिक योग्यताक्रम सार्वजनिक

मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको

खेलकुद परिषद्को सदस्य सचिवमा १० जनाकाे प्रारम्भिक योग्यताक्रम सार्वजनिक

सम्पादकीय : जिम्मेवारीबाट पन्छिन नखोज !

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!