घुयँत्राे: बैंकमा पैसा छ, एटीएममा छैन; सुशासनको घण्टी बजाउँदै सरकार व्यस्त!

देशमा बैंकिङ सेवा दिनका लागि जम्मा दुईटा बैंक ,याैटा नेपाल बैंक लिमिटेड र अर्को राष्ट्रिय बाणिज्य बैंक । बढदाे जनसंख्या र काराेबारलाई यी दुईटा बैंकले मात्रै सेवा दिन नसक्ने कुराकाे महसूस राज्यले गरेछि देशमा नीजि क्षेत्रलाई पनि बैंकिङ सेवा सन्चालनका लागि दिनेभएछि निजि क्षेत्रमा नि बैंकहरु खुल्न थाले र शुरुशुरुमा तलयी निजि स्तरमा खुलेका बैंहरुलेनि राम्रै सेवा दिन थाले । सेवाकै प्रतिष्पर्धामा सुर्खेतमा नि निजि बैंकहरु खुले र ऐले ती बैंकहरुकाे संख्या आैंलाेमै गन्ने हाे भने गाेडा २५ भन्दा बढि हाेलान । ऐले ती बैंकहरुमा पैशा तान्न गयाे भने दिनभरिकाे समय झुट्याउनु पर्छ । तिनिहरुले ग्राहकलाई दिने सेवा यति निम्न स्तरकाे छ कि जसकाे बयान गरेर साध्य छैन ।हजाराैँकाे संख्यामा ग्राहकहरु छन । तर पैशा सटाउन याैटामात्रै टेलर राखेर नगद,भाैचर,सुन,ऋण,सबै काराेबारकाे जिम्मा याैटा कर्मचारीलाई दिईन्छ । तर जनता अबुझ भएर हाेकि, डराएर हाेकि किन हाे आँफुलाई दिनगरिएकाे सेवा र त्याे लामाे समयएकाे बिषयमा कुनै पनि सेवाग्राहीले अब्जेक्सन गर्दैनन । जस्का कारण सुर्खेतका हरेक बैंक मा याैटा मात्रै काउन्टरबाट सेवाग्राहीलाई सेवा दिईन्छ र बैंकमा १० बजे चेक लिएर गएकाे मान्छे ५ बजेमात्रै बैंकबाट फुर्सद पाउँछ । पानीसम्म खान नपाएर बैंक काउण्टर अगाडि कम्तिमा ८ घण्टा पैशाका लागि पालाे कुर्नु पर्छ । यता जेनजीकाे सरकार भने देशमा ६ मैनादेखि भष्टाचार भा छैन । सुशासन कायम भाछ भनेर घण्टी बजाउनेहरु दिनदिन चर्काे स्वरमा घण्टी बजाउँदैछन । ऐले देशका अन्यठाउँका बैंकहरुले कस्ताे सेवा दिई रहेका छन था छैन । तर कर्नालिकाे राजधानी वीरेन्द्रनगरका बैंकहरुकाे सेवा लिन जाँदा चाईँ पट्यार लाग्दाे र उदेग लाग्दाे छ । सरकारी कार्यालय अनुगमन गर्ने प्रदेशकाे संघिय सरकारकाे प्रतिनिधि मूलक संस्थाका रुपमा सिडियाे कार्यालयलाई लिने गरिन्छ र प्रदेश सरका भनेकाे मुख्यमन्त्रीकाे कार्यालय हाेला । त्यसलाईनि आफ्नो प्रदेशभित्रका कार्याय तथा संघसंस्थाहरुकाे अनुगमन गर्ने अधकार हाेला । तर सिडियाे कार्यालय दशैंकाे मुखाँ १०/२० वटा पसल अनुगमन वाहेक सरकारी वा संघसंस्थाकाे कार्यालय अनुगमनमालगएर तिनिहरुले दिईरहेकाे र दिने सेवा कस्ताेछ ? सेवा दिँदा कर्मचारी लाई र लिंदा सेवाग्राहीलाई के अप्ठ्यारो आईपरेकाेछ त्यस्ता कुरा यी अनुगमन गर्ने जिम्मेवारी पाएका कार्यालयबाट उठेका र उठाईएकाे कहिल्यै थाहा छैन । त्यसैले पनि हाेला यी बैंक हरुकाे सेवनमा गुणस्तरीयता छैन । सेवाग्राहिलाई बैंकले सेवा दिने कुरा र गुणस्तरियताकै विषयमा कुरा गर्दा अघि पछिका त कुरै नगराैँ याे दशैंकाे मुखकै कुरा गर्नु पर्दा गएकाे साेमबारकाे बिहान ८ बजेदेखि साढे ९ बजेसम्मकाे कुरा हाे । बिहानै पैशाकाे आबस्यक परेर याे लेखकनै पैशा झिक्न सबैभन्दा पैला प्रदेश प्रहरी गणकाे गेटसँगै सटेकाे Atm मा पैशा झिक्न लागियाे तर त्यहाँ केहिदिनदेखि पैशा नहालेकाे था भाे । त्यसपछि सिधै नविलकाे Atm अगाडि पुगेर यसाे हेर्छु त भित्तामा एटिएममन पैशा नभाकाे सूचना टाँस भ` काे सूचना देखियाे त्यसपछि त्याे लाईनमा रहेका एभरेस्ट ,सनराईज ,ग्लाेवलआईएमई ,कुमारी अर्थात वीरेन्द्रनगरका मध्ये बजारका कुनै पनि एटिएममा न पैसा थिए न मान्छे । एनआईसी एसियाकाे एटिएम अगाडि उभिएका गाडले चाईँ शुक्रबार ,शनिबार र आईतबार विदा भएकाेले एटिएममा पैशा नभाकाे र ९ बजेपछि बैंकको स्टाफ त्तएछि ११ बजेसम्म पैशा पाउने सूचना दिए । आँफुलाई पैशाकाे ईमर्जेन्सी थियाे त्यसैले अरु Atm खाेज्दै जुम्ला राेडतिरका बैंकतिर लागियाे । त्यसपछि गै याे राबा बैंककाे एटिएम त्याँनि पैशा छैन , त्यसपछि सिटिजन, सिध्दार्थ हुँदै एटिएममा गै याे तर पनि कुनै एटिएममा पैशा छैन । त्यसपछि फेरि जुम्ला राेडमा रहेकाे ग्लाेबल आईएमई Atm जुन वीरेन्द्र चाेककाे एटिएममा पैशा थिएन र रित्ताे हात फर्किएकाे थिएँ । यसमा मन नलाईनलाई एटिएममा छिरें र पैशा निकाल्न थाले मेसिन चलाउँदा अन्य कुनै संकेत नदिएकाेले पैशा छ कि भन्ने लागेर पैला २० हजार रुपैयाँ ताने पैशा आयाे यति भएछि मलाई ठूलै युध्द जितेजस्ताे भयाे अनि फेरि २० हजार तानें त्यस त्याे पनि आयाे खुशिकाे सिमा रहेन त्यसपछि फेरि २० कै अंक दाेहर्याएँ तर पैशा आएन ।यसपछि मेराे हाैशला सामसुम भयाे । पैशा चाहेकाे जति पाईएन । फेरि अर्काेपटक १० हजारकाे अङ्क हानेर विचार गरें त्याे पनि आयाे खुशिले गद गद हुँदै फेरि त्यै अङ्क दाेहर्याएँ तर मेराे खुशी निरासाँ परिणत भाे । पैशा सकियकै संकेत भाे । बैंकहरुले सेवाग्राहिले सँधै पैशा झिक्न पाउन भनेर नै एटिएम कार् जारी गरेका हाेलान । तर एटीएम कार्ड जारी गर्ने त्याे बापत शुल्क लिने, सेवा दिन्छाैँ भनेर सेवाग्राहीका अगाडि बाचा गर्ने तर एटिएममा पैशा नराख्ने बिदा पर्याे भन्ने जिम्मेवारीबाट पन्छिने यस्ताे पनि हुन्छ । एटिएम प्रयाेग कर्ताले त रातबिरात, विदा कुनैकुराकाे अबरोध नभै एटीएम बाट पैशा झिक्न पाउनु पर्याे हैन र ? यदि लामाे विदा,रातबिरातमा पैशा तान्न नपाउने हाे भने सेवाग्राहीलाई बेबकुफ बनाउन किन एटीएम कार्ड ईस्यु गर्ने ? त्यसैले सुर्खेतका सिडियाे साहब र प्रदेश मुख्य सचिबलाई मेराे अनुराेधछ । तपाईंहरु बैंकको सेवाकाे र एटीएमकाे अनुगमन गरिदिनाेस र सेवामा सुधार र कुनै पनि बेला एटीएमबाट पैशा तान्ने ग्राहकले रित्ताे हात फर्किनु नपराेस अनि बल्ल जेनजी सरकार यसकाे सुशासन ,भष्टाचारकाे अन्त्य भएकाे ठहरियला अन्यथा सेवाग्राहीले प्राप्त सेवाका विषयमा गुनासाे गरेनन भन्दैमा देशमा सुशासन कायम भएकाे कसरी मानम्। सिडियाे साहब याे लेख कल्पनामा आधारित हैन । त्यसैले सिडियाे साहब अन्तमा फेरि पनि दाेर्याएँ बैंकको सेवाका विषयमा अनुगमन हुन अत्यन्त जरुरीछ । आशाछ अनुगमन हुने अपेक्षामा छु ।
” बिरसिक्का “




