२०८३ आश्विन १८ गते
×

Now Playing

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल 

सुर्खेत, १८ पुस । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताए । जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औँ वार्षिक साधारणसभामा उनले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन ।

मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताए । उनले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्‌नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री कँडेलले राजनीतिक दललाई तर्साएर कसैलाई फाइदा नहुने भन्दै विकासका लागि नयाँ पुराना सबैले सहकार्य गर्नुपर्ने धारणा राखे । अब विकास निर्माणका काम सही ढङ्गबाट अगाडि बढाउन सही मान्छेलाई निर्वाचित गर्नुपर्नेमा उनको जोड थियो ।

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल 

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल 

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन

Leave a comment

Your email address will not be published. Required fields are marked *