सुर्खेतमा सवारी दुर्घटना : १७ जना घाइते, जुम्लाका पाँचसहित विभिन्न जिल्लाका यात्रु प्रभावित

सुर्खेत,१२ असोज ।
सुर्खेतमा भएको सवारी दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगर नगरपालिका–११, ठुलो ब्युरेनि नजिक रत्न राजमार्गमा आइतबार दुर्घटनाग्रस्त भएको हो । गाडी अनियन्त्रित भई सडक किनारमा पल्टिँदा चालकसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये पाँच जना जुम्लाका रहेका छन् भने अन्य सुर्खेत, दैलेख, कालिकोट र मुगुका यात्रु छन् । उनीहरूलाई तत्काल उद्धार गरी सुर्खेतस्थित देउती नर्सिङ होम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विवरण यसप्रकार छः
चालक हरी मल्ल (३८, बराहताल–४, सुर्खेत), कम्मरमा चोट, अवस्था मध्यम
दिपेन्द्र दमाई (१८, चन्दननाथ–१, जुम्ला), बाँया हातमा चोट, अवस्था सामान्य
महेन्द्र शाही (२८, सिंजा–५, जुम्ला), बाहिरी चोटपटक छैन
लालबहादुर शाही (३८, वीरेन्द्रनगर–३, सुर्खेत), बाँया गालामा चोट
लक्ष्मी कठायत (२७, स्थायी ठेगाना अज्ञात), बाहिरी चोटपटक छैन
नरेश शाही (३८, वीरेन्द्रनगर–११, सुर्खेत), नाकमा चोट
पर्शुराम घर्ती मगर (३५, लेकबेशी–६, सुर्खेत), बाँया कुँधामा चोट
शम्सेर खड्का (२३, दुल्लु–६, दैलेख), बाहिरी चोटपटक छैन
देउती नर्सिङ होममा उपचाररतः
लक्ष्मण कार्की (३०, दुल्लु–११, दैलेख), टाउकोमा चोट
राज्य लक्ष्मी हमाल (२४, सिंजा–३, जुम्ला), दुबै हातखुट्टामा चोट
गणेश योगी (२६, दुल्लु–१०, दैलेख), दुबै हातमा चोट
रोशन बिक (२२, पचालझरना–३, कालिकोट), घाँटीमा चोट
ऐन रोकाया (२२, सिंजा–४, जुम्ला), छातीमा चोट
रक्षा धिताल (१६, वीरेन्द्रनगर–१, सुर्खेत), दुबै हातमा चोट
विष्णु शाही (२२, वीरेन्द्रनगर–५, सुर्खेत), टाउको, हात र खुट्टामा चोट
दिनेश शाही (३२, सोरु–९, मुगु), छाती र टाउकोमा चोट
श्री परियार (२१, चन्दननाथ–१, जुम्ला), कम्मर र हातमा चोट
सर्वसाधारणको भीडभाड हुने रत्न राजमार्ग क्षेत्रमा गाडी अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते नभए पनि केहीको उपचार जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






