प्रवासको प्रतिभालाई राष्ट्रिय मञ्च—‘भोइस अफ डायस्पोरा’ रियालिटी शोको भव्य घोषणा

ओहायो,९ मंसिर ।

औरा फाउन्डेसनले शनिबार आयोजित प्रेस मिटमार्फत आफ्नो नयाँ गायन रियालिटी शो ‘भोइस अफ डायस्पोरा’ सिजन–१ को औपचारिक घोषणा गरेको छ। भुटानिज अमेरिकन म्युजिक एसोसिएसन को सहकार्यमा आयोजना गर्न लागिएको यो रियालिटी शो अमेरिका तथा क्यानडामा बस्ने नेपाली भाषी गायक–गायिकालाई लक्षित गरिएको छ। “अब तपाईंको गायन कला बन्नेछ डायस्पोराको आवाज” भन्ने नाराका साथ कार्यक्रमको डिजिटल अडिसन खुला गरिएको जानकारी प्रेस मिटमार्फत दिइएको हो।

नेपाली भाषा, कला–संस्कृति र मौलिक संगीत प्रवासमै संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यका साथ सुरु हुन लागेको यस कार्यक्रमले विदेशमा जन्मेर वा बसोबास गर्दै आएका नेपाली भाषीहरूलाई आफ्नो कला देखाउने अवसर दिने बताइयो।

प्रेस मिटमा औरा फाउन्डेसनका अध्यक्ष भिम बानिया, तथा कोर टिम सदस्यहरू विश्वास गुरुङ, विष्णु रमदान, मनोज ढकाल, सुदन थुलुङ, किरण गजमेर, सौरभ तिमसिना, सुनिता श्रेष्ठ र सुवास सेन्चुरी सहितको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष बानियाले प्रवासमा नेपाली भाषा र संस्कृति बिस्तारै हराउँदै जाने जोखिमलाई चिन्हो पार्दै, कलाको माध्यमबाट नयाँ पुस्तामा भाषा र संस्कृतिको हस्तान्तरण गर्न “भोइस अफ डायस्पोरा” महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार समाजसेवामा सक्रिय औरा फाउन्डेसनले कलामार्फत समाजलाई योगदान पुर्‍याउने उद्देश्य बोकेर नै यो शो सुरु गर्न लागिएको हो।

प्रेस मिटमार्फत अमेरिकामा तथा क्यानडामा बस्ने इच्छुक प्रतिभाहरूले डिजिटल अडिसनका लागि पूरा गर्नुपर्ने प्रक्रिया सार्वजनिक गरिएको थियो। साथै सम्बन्धित देशमा रहेका सबै नेपाली भाषी गायन प्रतिभालाई डिजिटल अडिसनमार्फत सहभागिता जनाउन आव्हान गर्दै कार्यक्रमलाई सफल बनाउन सहकार्यको अपेक्षा गरिएको छ।

‘भोइस अफ डायस्पोरा’ले प्रवासमा रहेका नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रवासको प्रतिभालाई राष्ट्रिय मञ्च—‘भोइस अफ डायस्पोरा’ रियालिटी शोको भव्य घोषणा

जुम्लामा १६ दिने अभियान सुरु

प्रवासको प्रतिभालाई राष्ट्रिय मञ्च—‘भोइस अफ डायस्पोरा’ रियालिटी शोको भव्य घोषणा

“गिडिदहमा जलविद्युत् सर्भे सुरु”

Leave a comment

Your email address will not be published. Required fields are marked *