तामझामका साथ १५-शैयाको पालिका अस्पतालकाे समुद्घाटन

दुर्गा विसि
९, मंसिर २०८२
सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाले आज देखि १५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको छ ।नगरवासिकाे लागि याे सुखद पक्ष हो।
अस्पताल सञ्चालनकाे कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीद्वारा समुद्घाटन गरिएको छ । नगर अस्पताल समुद्घाटन कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षतामा भएको कार्यक्रमको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री भण्डारीको प्रमुख अतिथ्यता, प्रदेश सभा सदस्य भिम प्रकाश शर्माको विशिष्ट अतिथ्यता, नगर उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, निवर्तमान नगर प्रमुख गोविन्द कुमार पुन, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावत लगाएका वक्ताहरुले शुभकामना मन्तव्य राखेको जनाएको छ ।

कार्यक्रम सबै वडा अध्यक्ष्यहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य सेवा सल्यानका जनस्वास्थ्य अधिकृत कबिता खनाल, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी, वडा सचिव, स्वस्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नेपाल पत्रकार संघ सल्यानका अध्यक्ष डिल्ली राज रावत लगायत सञ्चारकर्मीहरु, बैंकका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी, नगरवासी लगायतको भव्य उपस्थितिमा नगर अस्पताल उद्घाटन समाहरो सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष जीवन सिं ठकुरिले संचालन गर्नु भएको थियोे ।दुई विशेष डाक्टर सहित भाेलि देखि सेवा सञ्चालन हुने जनाएको छ ।

डाक्टर सहित विभिन्न दक्ष स्वास्थ्य कर्मी,उपचार पद्धतिसँगै सेवा विस्तारमा कुनै कन्जुस्याइँ नहुने नगर प्रमुख वुढाथाेकिकाे भनाइ रहेको छ ।आफ्नो कार्याकालको याे सुनौलाे दिन हाे,मेराे नजर शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता हाे ।मेराे जाेड,मेराे यता मात्रै छ,यति गरे मात्रै याे नगरमा सम्वृद्दिकाे ढाेका खाेल्ने उहाँको दावि छ ।






