घुयँत्रो:. “शिक्षा मन्त्रालयको कुनामा ढिंडो पकाउने महावीर: ‘अर्गानिक मन्त्री’का असंयमित कारनामाहरू!”

हाम्रा शिक्षा मन्त्री महावीर पुन बाजे मान्छे त अर्गानिकै हुन के ! बिचाराले झुटा र नचाहिने कुरा गर्न जान्दैनन अनि पत्रकारहरु बुढालाई जिस्काउन गका गई हुन्छन । बिचरालाई मन्त्री भएछि त्यै मन्त्रालयकाे याैटा कुनाँ बसेर पकाएर खान्छु भन्दा नि पत्रकारले जिस्क्याउन छाेडेनन । तर बुढा आफ्नाे निर्णयकाे पक्का मन्छे भा हुँदा जल्ले जे सुकै भनून भनेर मन्त्रालयकै याैटा कुनाँ भान्छा बनाएर मन ला कुरा पकाछन खा छन ।

चामल,आँटाे पिठाेदेखि ढिडाेसमेत पकाएर खाकाे देख्दा जिवनमै आँफुले पकाएर खाना नखाका पत्रकार मात्रै हैन दले नेताहरलाईनि अचम्मै ला हाेला । तिनै ढिंडाे गुन्द्रुक खाने शिक्षा मन्त्रीका निर्णयले अब तिनका झाेले मास्टरहरलाई अताल्लिनि बनाएछि बल्ल था पाउलान मन्त्री भएछि कस्ताे काम गर्न पर्छ भनेर । हाम्रा अर्गानिक मन्त्रीले धेरै काम गर्न नसकेनि त्रिविविका जग्गाकाे ठेगान लाउने , भिसिकाे नियुक्ति राजनितीक रुपमा गर्न नपाईने व्यवस्था गर्ने , देशभरका शैक्षिक संस्थाकाका जग्गाकाे एकिन तथ्याङ्क र स्वामित्व अनि मास्टरहरलाई राजनिति गर्न नपाईने भनेर जुन कुरा गर्न खाेजिराछन त्यत्ति कुरा भै दिएनि शिक्षाले ठूलाे फडकाे मार्नेथ्याे । यै तिन्नै महिनाँ भएनि शुरु गर्न ला यति माथिका काम भ्याएर छाेडने हाे भने त्यसपछि चुनाबबाट आउनेहरले नि त्यल्लाई भताभिङ्ग पार्न सजिलै सक्ने थेनन र देशाँ शिक्षाले याैटा बाटाे पैल्याउँथ्याे । तर के गर्नु मन्त्रीले काम गर्न प्राेसेस अगाडि बढाउँन लाग्दा दलका भष्ट कर्मचारीहरुले दिने हुन हैनन, समस्या त्याँछ । त्यसाेत दलका झाेले माष्टरहरुले आँफुहरु हिजाेकाेजस्तै दलकाे झाेला बाेकेर हिँडन नपाउने हाे भने आन्दोलनाँ जान्छम् भन्दै छन तर शिक्षा मन्त्रीले भने मास्टरहरलाई राजनीति गर्न मन लाग्छ भने बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि गर , तर संगठननै बनाएर दलकाे बिल्ला लाएर खुलेआम हिन्न पाइँदैन ।यसले गर्दा विद्यार्थीकाे पढाइ बिग्रियाे । त्यसैले अब कसैले राजनीति गर्छ भने तत्काल जागिरबाट निकालिनेछ भन्ने शिक्षा मन्त्रीकाे उर्दिले केही काम गर्छकि भन्ने आश जाग्याछ तर के गर्नु यसलाई कार्यान्वयनमा लग्नु पर्नेहरु उनै, कि एमाले कि माओवादि , अनि कि काँग्रेसका काट्टाे खाएर आकाहरु छन ।तिनरुबाट सजिलै काम हुन गाह्राे छ तर सुधारका लागि गरिएकाे जाेसुकैकाे पर्यत्न लाईनि पछि आउनेले स्वामित्व, दायित्व र जिम्मेवारी लिएर अघि बढाए हुने हाे । तर नेपालका दलहरु कुनै पनि राम्रो काम हुन नदिने धृष्टता बाेकेर बसीरा हुन्छन, त्यसैले कार्यान्वयनमा जान गाह्राे छ । तर याे पटक भने राम्रो कामले निरन्तरतापाउनु पर्छ भनेर हेर्ने र झक्झक्याउने जमात धेरैछ त्यसै कसैले त्याे बदमासी गर्न खाेज्याे भनेनि त्यति सजिलै गर्न सक्ने अबस्था छैन । आफ्नाे अध्यन र अनुसन्धान लाईनि थाँती राखेर ६ मैनाकै लागि भएनि शिक्षामा केही काम गर्दिने भनेर आएका वीरहरुका नि वीर ,महावीर पुनलाई यसपटक उनले शिक्षामा गर्न चाहेका हरेक कुरा गर्न दिने मन्त्री मण्डल र स्वयं मन्त्रीहरु पनि छन तर कर्मचारीहरुकाे तहबाट उनलाई असहयाेग हुन सक्दछ । त्यसरि असहयाेग गर्ने कर्मचारीलाई तत्काल त्यहाँबाट निकाल्न सकियाे भने पुनले देखेका सपनाहरु पनि पूरा हुनेछन । र मन्त्री ज्युले नि तत्काल परिणाम देखिने गरि फटाफट काम गर्दै जानू पर्छ । समय धेरैछैन सिमित समयमा शिक्षामा ठूला ठूला निर्यणहरु गर्नु पर्नेछ ।यसका लागि आँफुलाई जेनजी भन्नेहरु र उनलाई मन्त्री बनाउनेहरु पनि उनले देखाउन खाेजेकाे बाटाेलाई समातेर अबराेधिहरुलाई ठेगान लगाउन ढिला गर्नु हुँदैन । अन्यथा जति ढिलाे भयाे त्यति काम विग्रँदै जानेछ । अरुले सहयाेगै नगरि एक्लै मावीर पुनले गर्न सक्दैनन । आधासतकदेखि विग्रिएकाे शिक्षानीति र भष्टाचारकाे जालाेमा लपेटिएकाे त्यहाँकाे नितिनिर्माताहरु र त्यसका कार्यान्वयन कर्ताहरुलाई तह लगाएर शिक्षालाई राजनीतिबाट मुक्त गर्न त्यति सजिलाे छैन तर ऐले देशले जुन शिक्षा मन्त्री पाएकाेछ उसले शिक्षालाई सुधारेर लैजान खेाज्दा साथ सबैले दिनु पर्छ । आखिर तिनै भष्टाचारी कर्मचारी , अनि तिनै दले नेताहरु अनि शिक्षाका दलाल र राजनीतिकाे मुकुण्डाेमा हिँडने माष्टरका छाेराछाेरी पनि त्यै विद्यालय र महा विद्यालयमा त पढछन । आफ्नाे सन्तानकाे भविष्य बनाउन पनि त तिनले साथ दिनु पर्याे । तबमात्र मन्त्री मात्रै अर्गानिक हैन शिक्षानि अर्गानिक हुनेछ । अनि मात्र महावीरलाई जनताले साँच्चिकै महावीर भनेर चिन्ने छ ।

घुयँत्रो:. “शिक्षा मन्त्रालयको कुनामा ढिंडो पकाउने महावीर: ‘अर्गानिक मन्त्री’का असंयमित कारनामाहरू!”

घुयँत्राे:. “एमालेको राजनीति : भर्याङ चढ्न खोज्दा

घुयँत्रो:. “शिक्षा मन्त्रालयको कुनामा ढिंडो पकाउने महावीर: ‘अर्गानिक मन्त्री’का असंयमित कारनामाहरू!”

तामझामका साथ १५-शैयाको पालिका अस्पतालकाे समुद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *