रारा–सिंजा पुग्ने बाटोमै संकट : नाग्म–गमगढी सडक अलपत्र, पर्यटन र कृषिमा सीधा असर

गाेल्डेन बुढा

जुम्ला,६ असोज ।
कर्णाली प्रदेशको सन्दुर पर्यटन गन्तव्य रारा ताल पुग्ने आशामा हजारौँले हिँड्ने नाग्म–गमगढी सडक अहिले ‘सम्भावनाको अवरोध’ बनेको छ। हरेक वर्ष सरकारको नीति कागजमा सीमित हुँदा, यो सडक बर्खामा हिलो र जाडोमा धुलोको पर्याय बनेको छ। पर्यटक सास्ती खेपिरहेका छन्, भने जुम्ली किसानको उत्पादन कुहिँदैछ, र स्थानीय विकास ठप्प छ।नाग्मदेखि मुगुको गमगढीसम्म फैलिएको ९३ किलोमिटर सडक खण्डमा अहिलेसम्म जम्मा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कनकासुन्दरी गाउँपालिका अन्तर्गत पाण्डवगुफादेखि हाटसिंजा खण्डसम्म कालोपत्रे सम्पन्न भयो। तर त्यसपछि न बजेट पर्यो, न काम अगाडि बढ्यो।यतन इञ्जिनियर सौरभकुमार सिंह भन्छन्,”बजेट नहुँदा काम रोकिएको हो।

यो वर्ष पनि २५ करोड मात्र आएको छ, जुन यो विशाल सडकको लागि पर्याप्त होइन।”यस बजेटबाट कालिकोटको रताडा, गाल्जे, नाग्म, गमगढी हुँदै नाक्चेसम्मका सबै खण्डमा खर्च गर्नु पर्नेछ, जसले गरेर पनि कुनै खण्डमा प्रभावशाली सुधार सम्भव छैन।हजारौँ आन्तरिक तथा बाह्य पर्यटकका लागि रारा ताल नेपालकै उत्कृष्ट गन्तव्य हो। तर त्यहाँ पुग्ने बाटोको हालतले रारा यात्रा रमाइलोभन्दा दुःखद अनुभव बन्न थालेको छ। पर्यटक सुसिला चौधरी भन्छिन्,”रारा हेर्ने रहर थियो, तर बाटोमा बिरामी परें। कालिकोट गगनेखोलाको पहिरोले तीन दिन गाडीमै थुनिनुपर्‍यो।

यस्तो यात्रा भन्दा घरमै बसेर फोटो हेरेकै बेस!”उनलेे भनिन् थाकेको महसुस गर्दै धेरैजसो पर्यटक हिलो, धुलो र जोखिमपूर्ण सडकको कारण स्वास्थ्य समस्यामा परेर फर्किने गरेको डाक्टरहरूले बताएका छन्।सिंजा क्षेत्र स्याउ उत्पादनको केन्द्र बनेको छ। हरेक वर्ष हजारौं क्विन्टल स्याउ उत्पादन हुन्छ, तर बजार पुर्‍याउने बाटोको अवस्था नाजुक हुँदा किसानको मेहनत बारीमै नष्ट हुने अवस्था छ। सिंजा क्षेत्रमा हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन्।हिमा गाउँपालिका–५ निवासी किसान विकास रोकाया भन्छन्,”स्याउ टिप्ने बेलामा गाडी आउँदैन। हिलोमा गाडी चल्दैन, भाडा चर्को। बजार पुर्‍याउन नसक्दा नाफा त टाढाको कुरा, लागतसमेत उठ्दैन।”यसले स्थानीय कृषकहरूको मनोबल गिरेको छ र स्याउ खेती विस्तारको सम्भावना ओझेलमा परेको छ।

।सडक डिभिजन कार्यालयले यो वर्षको बजेट २५ करोड रुपैयाँ रहेको जनाएको छ। तर योजना, कार्यान्वयन र निगरानी कमजोर हुँदा रकम खर्च त हुन्छ, तर स्थायी समाधान हुँदैन।विश्लेषकहरूको ठम्याइ छ – यो सडक केवल यातायात मार्ग होइन, यो कर्णालीको आर्थिक, सामाजिक र पर्यटकीय जीवनधार हो। यसको उपेक्षा अर्थतन्त्रको गला थिच्नु हो।स्थानीयवासी, व्यवसायी, किसान र पर्यटन क्षेत्रसँग जोडिएका सबै सरोकारवालाहरूले एक स्वरमा आग्रह गरेका छन्।”अब बाचा होइन, बजेटसँगै कार्यान्वयन चाहिन्छ।” सरकारले रारा र सिंजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा उभ्याउने हो भने, नाग्म–गमगढी सडकको तत्काल स्तरोन्नति अपरिहार्य छ। यो बाटो कर्णालीको समृद्धिको गेट पास हो — जसलाई खुला राख्नु अबको राष्ट्रिय दायित्व हो।स्थानीय भन्छन् सडक मात्र ढिलो बनेको होइन, राजनीतिक दृष्टिकोण नै ढिलो उठेको छ। अब समृद्ध कर्णालीका सपना साकार पार्न ‘कागजी विकास’ होइन, ‘परिवर्तन’को माग तीव्र हुँदैछ।

रारा–सिंजा पुग्ने बाटोमै संकट : नाग्म–गमगढी सडक अलपत्र, पर्यटन र कृषिमा सीधा असर

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो फेरिँदै घटस्थापनाको

रारा–सिंजा पुग्ने बाटोमै संकट : नाग्म–गमगढी सडक अलपत्र, पर्यटन र कृषिमा सीधा असर

सम्पादकीय : अटेरी कर्मचारीलाई सबक सिकाऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *