सिंजाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा

गाेल्डेन बुढा

जुम्ला,५ असार।
जुम्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन् ।सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकैदिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार पोषणका आधारभुत सूचक अनुसार काम भएपछि पोषणमैत्री संस्था घोषणा भएका छन्।उनका अनुसार सिंजा गाउँपालिका -३ को नराकोट स्वास्थ्यचौकी, १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाउँ स्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन ।

यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभुत स्वास्थ्य केन्द वडा नम्बर ६ को दातमा समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका हुन् ।गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, साझेदार निकाय विभिन्न स्वास्थ्य चौकीमा सहभागि भई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन् । स्वास्थ्य संयोजक रोकायाले आधारभुत पोषणका सूचकहरुमा मिहिनेतका साथ काम भएको बताए । सवै संस्था घोषणा भएपछि ९ गते सिंजा गाउँपालिका नै पोषणमैत्री गाउँपालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला समेत गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समय देखी स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् ।

शनिगाउँ स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले मानिसको पोषण मानव जीवन सँग जोडिएको महत्वपूर्ण बिषय भएकाले गाउँपालिकाले पोषणमैत्री गाउँपालिकामा जोड दिएको बताउदै यस अभियानमा लाग्ने सवै स्वास्थ्यकर्मी र साझेदार निकायलाई विशेष धन्यवाद दिए।

 

स्वास्थ्यचौकीहरुका अनुसार गर्भवति महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पुरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन् । ८ स्थानीय तह मध्ये सिंजा गाउँपालिका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो ।

सिंजाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा

जुम्लामा एकै घर पाँच जना बेहोस

सिंजाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा

सम्पादकीय : सडक पूर्वाधारमा लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *