जुम्लामा एकै घर पाँच जना बेहोस

गाेल्डेन बुढा

जुम्ला,५ असार।

जुम्लामा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्।जुम्लाको सिंजा -६ काडागाँउका तिर्थ बुढाकाे परिवार बेहोस भएको हो।बुधबार साझकाे खाना खाइसकेपछि बेहोस भएका थिए। तिर्थकि ३२ बर्षकी श्रीमती नैनकली बुढा,१२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा,वर्ष ५ की प्रकृति बुढा र दुई वर्षको छाेरा युगान्त बुढा बेहोस भएका थिए।श्रीमान तिर्थले भने,म सदरमुकाम खलंगा बजार काम विशेषले गएको थिए।

बेलुकाकाे खाना दही र गहुँको राेटी खाए छन्।पछि एकासी आखाँ पाेल्ने,पेट पाेल्ने र आन्द्रा बटारिने लक्षण देखा परे छन्।पछि सबै बेहोस भएपछि,राति १२ बजे फाेन आयो।लगत्तै एम्बुलेन्स बाट सिंजा देखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियोे।अहिले उपचार भइरहेको छ।क्रमिक रुपमा सुधार भइरहेको छ।तिर्थले भने, बाेल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेहोस हुनुको कारण बारे थाहा भएको छैन ।अनुसन्धान भइरहेको छ।

जुम्लामा एकै घर पाँच जना बेहोस

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः

जुम्लामा एकै घर पाँच जना बेहोस

सिंजाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री वडा

Leave a comment

Your email address will not be published. Required fields are marked *