जुम्लाको खानेपानी कार्यालयको तालाबन्दी हट्यो, स्थायी संरचनाको माग दबाब यथावत

गाेल्डेन बुढा

जुम्ला,३ मंसिर ।
संघीय सरकारद्वारा खारेज गरिएको जुम्लास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा चार महिनादेखिको तालाबन्दी अन्ततः खुला गरिएको छ। सेवाग्राहीका काम निरन्तर प्रभावित भइरहेका कारण स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला निकायको सहमतिमा कार्यालय पुनः सञ्चालनमा फर्किएको हो।गत असारमा सरकारले जुम्लाको स्थायी कार्यालय संरचना हटाउने निर्णय गरेपछि जिल्लामा चर्को विरोध शुरु भएको थियो। सोही निर्णयविरुद्ध राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक समाजले कार्यालयमा तालाबन्दी गर्दै–गर्दै मुद्दा सदनसम्म पुगेको थियो। निरन्तरको दबाबपछि सरकारले जुम्लालाई ‘फिल्ड कार्यालय’को हैसियत कायम राख्दै जिम्मेवारी पुनः दिएको भए पनि स्थायी संरचनाको माग भने यथावत थियो।यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख र आन्दोलनका अगुवा गौरीनन्द आचार्यका अनुसार सेवाग्राहीको कामकाज ठप्प हुन थालेपछि तालाबन्दी खुकुलो पारिएको हो।“फिल्ड कार्यालयले गर्ने दैनिक काम रोकिँदा जनताले सिधै असर बेहेर्दै आएका थिए,” आचार्यले भने, “त्यही अवस्थालाई ध्यानमा राखेर राजनीतिक दल र जनप्रतिनिधिसँगको समन्वयमा ताला खोलेका हौँ।”कार्यालयका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि सेवाप्रवाह अवरुद्ध भएकाले नागरिकमा असन्तोष बढेको र कार्यालय सञ्चालनसँगै राहत महसूस भएको बताए।

“ताला खुकुलो भएपछि अब जनताका काम अवरोधमा पर्ने छैन,” उनले भने।यद्यपि कार्यालयको नयाँ भवनमा लगाइएको तालाबन्दी भने यथावत छ।

बृहत् धौलीगाड खानेपानी आयोजना रोकिएर बसेको र आयोजनाको काम अघि नबढेसम्म नयाँ भवन नखोल्ने निर्णय कायम रहेको समन्वय प्रमुख आचार्यले प्रस्ट पारे।“स्थायी कार्यालय जुम्लामै हुनुपर्छ भन्ने हाम्रो माग बदलिँदो छैन,” उनले भने, “आयोजनाको काम सुचारु नहुँदासम्म नयाँ भवन खोलिने छैन।”फिल्ड कार्यालय सञ्चालनमा फर्किएसँगै तत्कालका सेवाग्राहीका समस्या केही हदसम्म कम हुने देखिए पनि स्थायी संरचना र दीर्घकालीन स्थायित्वबारे सरकारको स्पष्ट धार अझै अपेक्षित छ। जुम्लेलीको निरन्तर दबाबबीच अब केन्द्रले कस्तो निर्णय लिन्छ,त्यही कुराले आगामी आन्दोलनको स्वर–रूप निर्धारण गर्ने देखिन्छ।

जुम्लाको खानेपानी कार्यालयको तालाबन्दी हट्यो, स्थायी संरचनाको माग दबाब यथावत

११ औँ धारा नेपालगन्ज म्याराथन : विजेतालाई

जुम्लाको खानेपानी कार्यालयको तालाबन्दी हट्यो, स्थायी संरचनाको माग दबाब यथावत

जुम्लामा स्याउ बोर्ड गठन हुने: कृषि मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *