११ औँ धारा नेपालगन्ज म्याराथन : विजेतालाई दुई लाख, सहभागी सबैलाई पुरस्कार

बाँके ,३ मंसिर ।

आउँदो मंसिर ६ गते हुने ११ औँ धारा नेपालगन्ज म्याराथनका लागि पुरस्कार संरचना सार्वजनिक गरिएको छ। मुख्य म्याराथनतर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस वर्ष आकर्षक नगद पुरस्कार पाउने भएका छन्।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार पुरुषतर्फ म्याराथन विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौँलाई १५ हजार र छैटौँलाई १० हजार पुरस्कार तोकिएको छ।
शीर्ष दस खेलाडी तथा दौड पूरा गर्ने सबैलाई ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ।

४५ वर्षमाथिका खेलाडीका लागि राखिएको भेट्रान दौडमा क्रमशः पहिलोले २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

महिला हाफ म्याराथनतर्फ विजेताले ७५ हजार रुपैयाँ पाउनेछिन्। यसबाहेक दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार पुरस्कार रहनेछ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार १० किलेमिटर खुला पुरुष तथा महिला वर्गमा २५ हजार, २५ हजार र १० हजार, ५ किलेमिटर स्कुलस्तरीय छात्र/छात्रामा ५ हजार, ३ हजार र २ हजार, ह्वीलचेयरतर्फ ५ हजार, ३ हजार र २ हजार पुरस्कार राखिएको छ। किड्स रनमा सबैलाई नगद प्रदान गरिनेछ भने कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र तथा सरप्राइज उपहार दिने तयारी गरिएको छ।

यस वर्षदेखि उत्कृष्ट एक विद्यालयलाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ। म्याराथनलाई अझ आकर्षक बनाउन फोटो–फिपिक्स कार्यक्रम कार्यान्वयनको तयारी पनि थालिएको छ।

म्याराथनभन्दा एक दिनअघि नेपालगन्जमा हुने ‘नेपालगन्ज कनक्लेव’ पनि विशेष आकर्षणका रूपमा रहनेछ। कनक्लेव निर्देशक जनक नेपालका अनुसार कार्यक्रममा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई तथा डा. नवराज केसीलगायत व्यक्तिहरू वक्ता रहनेछन्।

म्याराथन तथा कनक्लेव दुबैका तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ।

 

११ औँ धारा नेपालगन्ज म्याराथन : विजेतालाई दुई लाख, सहभागी सबैलाई पुरस्कार

स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *