गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

कञ्चनपुर, २७ भदौ । 

छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ”, उनले भने, “नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।” त्यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

 

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

सडक भाँसिएको दुई वर्षपछि स्तरोन्नति 

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

Leave a comment

Your email address will not be published. Required fields are marked *