२०८३ असार २ गते
×

Now Playing

जुम्ला कारागारबाट भागेका ३० कैदी फरार

गाेल्डेन बुढा

जुम्ला,२७ भदौ।

जुम्ला कारागारबाट भागेका ३० जना कैदीहरु फरार रहेका छन्। भागेका ३६ जना मध्ये ६ जना कैदीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार प्रेमराजा महत जुम्लाको सदरमुकाम खलंगाबाट पक्राउ गरिएको छ।भने,´ दिनेश लावड लाई छिमेकी जिल्ला मुगुबाट नियन्त्रणमा लिइएको हो।यस्तै हिक्मत गिरी,डिली कार्की,भिम प्रसाद कडायत र हुकुम शाही जुम्लाबाट नियन्त्रणमा लिइएको डिएसपी रेग्मीले नागरिक संग बताए।

गत मंगलबार राति करिब १२ बजेर २ मिनेटमा जुम्लाको चन्दननाथ नगरपालिका -६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खाेजेका थिए।तर, प्रहरीले तत्कालै ५ जनालाई प्रहरीले नियन्त्रण लिसकेकाे थियाे।भने,३६ जना कैदीबन्दी भागेका थिए।जुम्लाकारागारमा कुल ९८ जना कैदीहरु थिए। अहिले ३० जना कैदीहरु छन्।अन्य फरारहरुकाे खोजी कार्य भइरहेको छ।

डिएसपीले बताए। यता भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय जुम्लाले अपिल गरेको छ । उनीहरुलाई कारागार कार्यालय,नजिकैको सुरक्षा निकायमा यथासिघ्र सम्पर्कमा आउने आग्रह गरेको हो।बिहीबार प्रजिअ केदारनाथ शर्माद्वारा लिखित प्रेस विज्ञप्तिमार्फ सम्पर्कमा आउने कैदीबन्दीको हकमा कानुनबमोजिम अघि बढ्ने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए ।

जुम्ला कारागारबाट भागेका ३० कैदी फरार

जेनजी आन्दोलनपछि एमाले पुनर्निर्माणको प्रतिबद्धता : सांसद

जुम्ला कारागारबाट भागेका ३० कैदी फरार

आलेख : मानव बेचबिखनको नयाँ शैलीले रोकथाममा

Leave a comment

Your email address will not be published. Required fields are marked *