२०८२ फाल्गुन ५ गते
×

Now Playing

बाँकेमा करेन्ट लागेर ४० वर्षीय पुरुषको ज्यान गयो

२६, असार २०८२
बाँके जिल्लामा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। डुडुवा गाउँपालिका–३ हलबलडोलीका ४० वर्षीय राधे खटिकको करेन्ट लागेर मृत्यु भएको हो।

बुधबार दिउँसो नेपालगञ्ज उप–महानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्न प्रयोग गरिएको विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि भेरी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

 

बाँकेमा करेन्ट लागेर ४० वर्षीय पुरुषको ज्यान गयो

वर्षेनी चट्याङकै डर:दुई महिनामै ३४ लाख बढीको

बाँकेमा करेन्ट लागेर ४० वर्षीय पुरुषको ज्यान गयो

प्रशासनिक संरचनामा ठुलै हेरफेर गर्दै कर्णाली प्रदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *