२०८३ जेष्ठ ३० गते
×

Now Playing

वर्षेनी चट्याङकै डर:दुई महिनामै ३४ लाख बढीको क्षति

गाेल्डेन बुढा

जुम्ला,२६ असार।

गतजेठ ४ गते जुम्लाको गुठिचौर गाउँपालिका-२ को झुलेनी पाटनमा बथानमै चट्याङ लाग्दा २२ भेडाबाख्रा मरे। गुठिचौर-२ का हिरा बहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेका थिए।कुल ३ लाख ३० हजार रुपैयाँको नाेक्सान व्यहोर्नुपरेको थियोे।‘पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए।पानी परेपछि रुखमुनी ओत राखेर बसालिराखेको अवस्थामा चट्याङले हान्यो।’यस्तै गत जेठ महिनाकै ८ गते जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको भयो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीका अनुसार शाही यार्सा संकलन गर्न पाटन पुगेकी थिइन्। त्यही चट्याङ लाग्यो।’जुम्ला र जाजरकोटको सिमानामा पर्ने सुब्बाकुना पाटनमा यार्सा टिप्ने क्रममै चट्याङ परेको थियो।यस्तै जेठ १६ गते जुम्लाको पातारासी गाउँपालिका- २ लम्तेली पाटनमा सामुदायिक वनमा स्थानीय चुम्मा बुढाका ५ वटा भेडा चट्याङबाट मरे।भने ७ भेडा घाइते भए। १ लाख ८० हजार रुपैयाँको क्षति भयो।यस्तै यहीँ असार २३ गते जुम्लाको गुठिचौर गाउँपालिका-५ धाैलीगाडकाे ठूलाे हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरे। प्रहरीका अनुसार ६ जना किसानका भेडा मरेका थिए।यता पशु सेवा कार्यालय जुम्लाका पशु स्वास्थ्य अधिकृत भीमप्रसाद तिमिल्सिनाका अनुसार जसमध्ये बाख्रा १३, थुमा(साढ) ५ वटा,भेडी १ सय ४७ वटा र ३२ वटा खसी मरेका तथ्यांकले देखाएको छ।चट्याङले कुल २५ लाख ७४ हजार रुपैयाँ रुपैयाँ बराबरको क्षति भयो।

गत वर्ष जिल्ला प्रशासनले स्वीकृत गरेको जिल्ला दररेट अनुसार प्रति बाख्राकाे मुल्य १३ हजार,थुमा(साढ) काे ४० हजार र भेडाकाे १५ हजार रुपैयाँ निर्धारण गरेको छ। १ लाख ६९ हजार रुपैयाँका बाख्रा मरेका छन्।भने दुई लाख रुपैयाँको थुमा (साढ) र भेडा २२ लाख ५ हजार रुपैयाँका मरे।उक्त पाटनमा ९ सय देखि ११ सयकाे हाराहारीमा भेडा राखिएका थिए।चट्याङ लागेर जुम्लाको सिंजा-६ भाडगाँउका ५२ वर्षका भेडागोठाला धनबहादुर रावत गम्भीर घाइते छन्। चट्याङको झट्काले उनको शरीरका कपडासमेत च्यात्तिएको छ। उनको जुम्लामा उपचार सम्भव नभएपछि काठमाडौकाे टिचिङ अस्पतालमा रिफर गरिएको छ।भने गएको असार १६ गते दिउँसो जुम्लाको तातोपानी गाउँपालिकाकाे -८ मा पर्ने राक्से पाटनमा चराइरहेका बेला एकासी बाढीपहिरोले २२ वटा भेडा बेपत्ता भए।भने,४ वटा मृत अवस्थामा फेला परेका थिए।जसमा सर्पराज रावतका, ४ वटा भेडा बेपत्ता,अमर रावतका १२ वटा,लालसिंह रावतका ६ वटा बेपत्ता भए।भने,अमर रावतका दुईवटा,लालसिंह रावतका १ वटा,सर्पराज रावतका १ वटा मृत अबस्थामा फेला परेका थिए।

३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भयो।भेडा मरेपछि हाम्रो त गाँस, बास र कपास नै खोसियो। भेडापालन बाहेक आयस्रोतको अन्य विकल्प छैन।’ पीडित किसानहरूले भने।जुम्ला भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ। तर, बर्सेनि भेडाहरू चट्याङ लागेर मर्छन् किसान गाेविन बुढाले बताए। भेडा पालेरै घर चलाएका किसानको व्यवसाय नै संकटमा परेको छ।किसानका अनुसार ‘पानी पर्न थालेपछि कि भेडाहरू अस्थायी गोठमा जान्छन् कि त ओत लागेर एकै ठाउँमा बस्छन्। त्यही बेला चट्याङ परेपछि ठूलो क्षति हुने गरेको छ।’पशु बिमाको चेतना किसानमा नहुनु, अनिवार्य बिमा गर्नुपर्ने नीति गाउँपालिकाले नल्याउनु र क्षतिपछि राहत तथा क्षतिपूर्तिका काम नहुनुले पनि पछिल्लो समय भेडापालन व्यवसाय संकटमा पर्न थालेको किसान सुरेन्द्र बुढा बताउँछन्। विभिन्न रोगको प्रकोप सताउने गरेको छ।गाउँघर तिर घाँसको अभाव हुने भएपछि अधिकांश भेडापालक किसानले वर्षायाममा भेडा चराउन पाटनतिर लैजान्छन्।जुम्लामा १७ सयभन्दा बढी भेडा किसान छन्, जहाँ ८८ हजार ३ सय ८८ भेडा र ४३ हजार ३ सय ६ बाख्रा पालिएका छन्।

६९ हजार हेक्टर चरण क्षेत्र छ।पशु कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाका अनुसार पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ नहुँदा पनि भेडा प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ। चरण क्षेत्रकाे चुनौती छ। ‘भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्र विस्तारमा जोड दिनुपर्छ,’ उनले भने।कर्णाली प्रदेश सरकारले कर्णालीका साविकका ५ जिल्लामा भेडा गोठालो भत्ता दिदै आएकाे छ।जुम्ला कालीकोट, हुम्ला, मुगु र डोल्पा यो कार्यक्रम संचालित छ। गोठालो भत्ता कार्यक्रमले किसानलाई भेडापालन तर्फ आकर्षित गराउन प्रोत्साहन गर्ने उदेश्य छ।५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानहरुले गोठालो भत्ता पाउ छन्।चालु आर्थिक वर्षमा जुम्लाका २ सय ३० भेडा किसानले गोठालो भत्ता लिएका छन्।

किसानलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइने व्यवस्था छ।‘आर्थिक वर्ष २०७८/७९ देखि शुरू भएको यो कार्यक्रमले किसानलाई व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्ने र जीवनस्तर सुधार्ने लक्ष्य राख्छ।

वर्षेनी चट्याङकै डर:दुई महिनामै ३४ लाख बढीको क्षति

छिन्चुमा पाँच किलो अफिमसहित एक जना पक्राउ,

वर्षेनी चट्याङकै डर:दुई महिनामै ३४ लाख बढीको क्षति

बाँकेमा करेन्ट लागेर ४० वर्षीय पुरुषको ज्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *