क्लबले सामुदायिक विद्यालय जाने बाटाे र विद्यालय भित्रकाे फाेहर हटायाे

दुर्गा बिसि
२३, साउन २०८२।
सल्यानकाे दार्मा गाउँपालिकाबाट सञ्चालित उज्यालो युवा क्लबले शुक्रबार भालुमारेमा रहेको विद्यालय जाने बाटोमा आएकाे पहिरो र बाटो वरपरका कालाेखर, झारपात हटाएकाे छ । विद्यालय भित्र रहेको फाेहर, प्लास्टिक, कालाेखर,अन्य झारपातसँगै चर्पी वरपरकाे अव्यवस्थित कुरा हटाउने कार्य गरेको क्लबका सचिव घनराज खड्काले जानकारी दिनु भएको छ।
आज शुक्रबार विद्यालय जाने स-साना बालबालिकाले बाटो बनाइदिन अनुरोध गरेपछि क्लबको नेतृत्वमा उक्त काम गरिएको हाे। तीन जनाले मात्रै उक्त कार्य सम्पन्न गरेका थिए। क्लबका उपाध्यक्ष प्रकाश खड्का र सहसचिव दिपक केसी लगाएतले साे काम गरेको जनाएको छ।
विद्यालयले पनि सहकार्य गर्ने बताएपनि अन्तिम समयमा आएर पछि हटेको थियोे र प्रअले अघिल्लो दिन नै आफू उपस्थित नहुने जानकारी दिएका थिए तर विद्यालयका अन्य शिक्षकहरू उपस्थित हुने कुरा जानकारी दिनुभएको थियोे । तर दिउँसो सम्म पनि कुनै शिक्षक उपस्थित नभएपछि क्लबले बुझ्दा सह्याक प्रधानाध्यापकलाई फाेन गर्दा नआउने बताउनु भएको क्लबले बताएको छ।
प्रिन्सिपलकाे आग्रहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्का उपस्थित हुनु भएको थियो। अध्यक्ष खड्काका अनुसार केही शिक्षकको स्वस्थ्यमा समस्या आएकोले उपस्थित हुन नसकेको जनाएकाे छ ।






