कर्णाली राजमार्गमा हप्तामै दुईवटा दुर्घटना : कहिलेसम्म ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने हो, कर्णालीबासीकाे प्रश्न ?

गाेल्डेन बुढा

जुम्ला,२३ साउन।

जुम्लादेखि सुर्खेतका लागि छुटेको फोर्स गाडी दुर्घटनामा परि घाइते सबै सात जनाको पहिचान खुलेको छ।शुक्रबार विहान साढे ८ बजे कालिकोटको खाँडाचक्र नगरपालिका १० गोलुवा नजिकै सवारी साधन दुर्घटनामा परेको थियो।गाडी अनियन्त्रित भई करिब १ सय मिटर तल खसेको थियो। कालिकोट जिल्ला प्रहरी डिएसपी टेकबहादुर रावतका अनुसार, गाडीमा सवार ७ जना यात्रु थिए। मध्य पश्चिम यातायात ब्याबसायी समितिको ०९७६ नम्बरको फोर्स गाडी भएको हो।दुर्घटनामा चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका १ अन्दाजी ३० वर्षका लालबहादुर बस्नेत, सहचालक कालीकोट सुभकालिका गाउँपालिका २ का अन्दाजी २१ वर्षका प्रकाश शाही तथा यात्रुहरु जुम्लाको हिमा गाउँपालिका १ का अन्दाजी २८ वर्षका रविन परियार र उनको ५ वर्षका छोरा सुमन परियार, सोही गाउँकी १६ वर्षकी अबिगेल परियार, हिमा गाउँपालिका १ का अन्दाजी २५ वर्षकी गंगा परियार र कालीकोट तिलागुफा नगरपालिका ६ अन्दाजी वर्षका २० को प्रकाश शाही छन् । शरीरका विभिन्न अंगमा चोटपटक लागेका उनीहरुको जिल्ला अस्पताल मान्म कालीकोटमा उपचार भईरहेको छ।

चालक बस्नेतको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।यस्तै गत साेमबार अर्थात् साउन (१९) गते जुम्लाबाट सुर्खेतका लागि छुटेको जीप कालीकोटमा दुर्घटना हुँदा एक ८ जना घाइते भएका थिए।कालीकोटकाे हिलसाइड होटल नजिक भिजिट कर्णाली यातायात प्रालिको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको जीप सडकबाट तल खसेको थियो।दुर्घटनामा कास्की पोखरा-२९ निवासी २८ वर्षीया डा. रुवी थापा गम्भीर चोट लागेको थियोे। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा कार्यरत छिन्।यस्तै घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका-५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका-२ की २२ वर्षीया अन्जना धामी र मुगु कार्मारोम गाउँपालिका-२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ थिए।त्यस्तै, बाँके कोहलपुर नगरपालिका-८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका-१ की ४५ वर्षीया कल्पना नेपाल (आचार्य) र दोलखा गौरीशंकर गाउँपालिका-१ का ३० वर्षीय हिक्मत जिरे रहेका थिए।

घाइतेमध्ये कल्पना नेपाल आचार्य राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयकी प्रमुख हुन्।वर्षको समयमा हिरोले कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डकाे यात्रामा सास्ती हुने गरेको छ। यो समयमा कर्णालीका यात्रुहरूले भने ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य नभएको गुनासो गरेका छन्।अहिले पनि, राजमार्गको यो खण्डमा पहिरो झर्ने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ, जसले यात्रुलाई निरन्तर सास्ती दिइएको छ।‘पहिरो झर्छ, मेसिनले पन्छाउँछ। केही समय सडक खुल्छ, फेरि बन्द हुन्छ,’ जुम्लादेखि सुर्खेततर्फ यात्रा गरिरहेकी यात्रु ज्योतीसरा बुढाले भनिन्, ‘सडकको कुनै ठेगान छैन। सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई समस्या छ। माथिबाट ढुंगा खस्ने डरले बाहिर निस्कन पनि सकिँदैन।’अर्का यात्रु धन्ननाल रावतले मुलुक संघीयतामा गए पनि कर्णालीवासीको दुःख अन्त्य हुन नसकेको गुनासो गरे। ‘ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट कर्णालीबासी कहिले मुक्त हुने ?’ उनले प्रश्न गरे।यो समयमा सबैभन्दा बढी गगने खाेलामा लेदोसहित पहिरो आइरहेको छ।यता सडक डिभिजन कार्यालय जुम्लाका डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलङ्गासम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ ।

यो वर्ष पनि दहीखोला, गगनेखोला, एसमोड, हुल्म, सेरीघाट, सुनारखोला, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा पहिरोको बढी जोखिम रहेको चौधरीले बताए।यो वर्ष सडक बोर्डबाट निकासा भएको ९० लाख रुपैयाँको आकस्मिक बजेटबाट जोखिमपूर्ण ठाउँमा पर्खाल लगाउने, तार जाली भर्ने, सडक सुधार गर्नेलगायत काम गरिएको बताए। उनले भने,´गत वर्ष गगनेखोलाले ६० लाख रुपैयाँमा बनेको ग्याबिन बगाएको थियो । अहिले पहिरो पन्छाउनका लागि पिली, हुल्म र गाल्जेमा ह्विललोड र ब्याकहो लोडरलगायतका उपकरण तैनाथ अवस्थामा छन्।

कर्णाली राजमार्गमा २४ करोड रुपैयाँ बजेटबाट यो वर्ष दहीखोलादेखि खुलालु, सेरीघाटदेखि मान्म, बिहानी खोलादेखि नाग्म, रारालिहीदेखि श्रीढुस्कासम्मको सडक खण्डमा चौडा र कालोपत्रे गर्ने काम भयो।२०६३ चैत ३० देखि सञ्चालनमा आएको २ सय ३२ किलोमिटर दुरीको यो राजमार्गमा सडक विभागले विभिन्न १४ वटा पुल निर्माणमा १ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ ।भने ओटासिल प्रविधिको कालोपत्रे र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैङ्कको करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ।विश्व बैङ्कको सहयोगमा २०७२ सालमा संघीय सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत १ अर्ब रुपैयाँमा राजमार्गमा कालोपत्रे गरिएको थियो।

कर्णाली राजमार्गमा हप्तामै दुईवटा दुर्घटना : कहिलेसम्म ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने हो, कर्णालीबासीकाे प्रश्न ?

क्लबले सामुदायिक विद्यालय जाने बाटाे र विद्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *