जुम्लादेखि सुर्खेततर्फ छुटेको गाडी दुर्घटनामा परेका तथ्यांक सार्वजनिक

गाेल्डेन बुढा
जुम्ला,२३साउन।
जुम्लादेखि सुर्खेततर्फ छुटेको फाेर्स गाडी दुर्घटनामापरि घाइतेको तथ्यांक सार्वजनिक भएको छ।शुक्रबार विहान साढे ८ बजे कालिकोटकाे खाँडाचक्र नगरपालिका -१० गाेलुवा नजिकै दुर्घटना भएको हो।०९७६ नम्बरको फोर्स गाडी भएको प्रहरीले जनाएको छ।गाडीमा सवार ७ जना यात्रु थिए। गाडी अनियन्त्रित भई करिब १ सय मिटर तल खसेको थियो। मध्य पश्चिम यातायात ब्याबसायी समितिको फोर्सगाडि हो।गम्भीर घाइते हुनेमा गाडी चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका.१ अन्दाजी ३० वर्षका लालबहादुर बस्नेत रहेका छन्।उनको टाउको,निधारमा चोट लागेको छ।यस्तै सह चालक कालीकोट सुभकालिका गाउँपालिका -२ का अन्दाजी २१ वर्षका प्रकाश शाहीउनको बाँया आँखा माथि चोट छ।
यस्तै जुम्लाको हिमा गाउँपालिका -१ देवार गाउँका अन्दाजी २८ वर्षका रबिन परियार र उनको ५ वर्षका छाेरा सुमन परियार ,उक्त गाउँकी १६ वर्षकी अबिगेल परियार, हिमा गाउँपालिका -१ देवारगाउँका अन्दाजी २५ वर्षकी गंगा परियार र कालीकोट तिलागुफा नगरपालिका -६ अन्दाजी वर्षका २० को प्रकाश शाही छन्।उनको दुबै खुट्टा भाचिएको छ। घाईतेहरु जिल्ला अस्पताल मान्म कालीकोटमा उपचार भईरहेको छ।






