भारतको बिनु नदीको बाढीमा बेपत्ता नेपालीको खोजी कार्यलाई तीव्र बनाउन लुम्बिनीका मुख्यमन्त्रीको पहल

दाङ,२३ साउन।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ ।

घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गर्नु भएको हो ।

बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार रहनु भएको छ । उहाँहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुग्नु भएको थियाे ।

मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्दारकाे कामना गर्नु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *