हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिचाँई :किसान उत्साहित

गाेल्डेन बुढा

जुम्ला,२३साउन।
२०७९ सालमा अविरल वर्षासँगै आएको बाढीले जुम्लाको तातोपानी गाउँपालिका-६ मा पर्ने हियाखाेलाका स्थानीयकाे कुलो भत्कायाे।कुलो नभएपछि उक्त गाउँका स्थानीयले हियाखाेला ज्युलाेमा धान राेप्न पाएनन्।धेरै जमिन बाझिएको थियोे।हरेक वर्ष ५ राेपेनी कालीमार्सी धान राेप्ने हियाखोला गाउँका हर्क कामी सिचाइ नहुदा हैरान भए। सिंचाइ गर्न नपाउँदा खेत बाझिएको बताए। यस्तै खड्क बिष्टले भने,´ कुलो भत्किएपछि पछि धान गाउँमा भाेकमारी जस्तो भयो। हियाखोला गाउँका झन्डै ७० बढी घरधुरीका किसानहरू सिंचाइ गर्न पालो कुर्नुपर्ने अवस्था सृजना भयो।हरेक वर्ष हियाखोला ज्युलाेमा मार्सीधान लहलहाउँदो फलिरहेको हुन्थ्यो। किसानहरू खेतहरूमा जाँदा उत्साहित भएर घर फर्किरहेका हुन्थे तर अहिले सिचाइ गर्ने कुलो नहुदा समस्या थियोे। जथाभावी वनजंगल फडानी हुनुले जुम्लामा पानीका मुहानहरू क्रमशः सुक्दै जानू पनि समस्य हो। तर, यो समस्यालाई मध्यनजर गर्दै गाउँको स्थानीय सरकार तातोपानी गाउँपालिकाले उक्त ज्युलाेमा झन्डा चार वर्षपछि सिँचाइ पुर्‍याएकाे छ।

गाउँपालिकाले तिला नदीबाट करिब दुईकिलो मिटर उकालो पानी चढाएर ज्युलाेमा सिँचाइ पुर्‍याएकाे हो।अहिले किसान उत्साहित छन्।सधैंभरि निरन्तर मार्सीधान खेती हुनुका साथै स्याउ लगायतको फलफूल बगैंचामा सिँचाइ पुर्‍याउन सजिलो हुनेछ।बाढीले बगाएको कुलो निर्माणका लागि संघीय सरकारले ८८ लाख रुपैयाँ छुट्याएको थियो । केन्द्र सरकारको बजेट र स्थानीय सरकारको तदारुकतापछि ज्युलाेमा पानी पुगेको हो ।’खेतीयोग्य जमिन बाँझो बनिरहेको थियो । धान रोपेका खेत चिरा परेर सुकिरहेका हुन्थे,’ तातोपानी गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाले भने, ‘अहिले तिला नदीको पानी ज्युलाेमा पुगेको छ ।’झन्डै १४ दशमलव ४ हेक्टर धानखेती हुने जमिन र १६ दशमलव ६२ हेक्टर क्षेत्रफलमा फैलिएको स्याउ खेतीमा सिँचाइ पुगेको छ ।

‘तिला नदीदेखि आरभीटीसम्मको दुरी २ सय ५० मिटर छ। तिला नदीदेखि हियाखोला ट्यांकीसम्म १ हजार ७ सय ९५ मिटर जीआई पाइप हालिएको छ । एचडीपीई पाइप २ सय ५० मिटरमा प्रयोग गरिएको छ, जसमा २० एचपी पम्प प्रयोग भएको छ,’ इन्जिनियर बुढाले थपे, ‘अब हियाखोलाबासीले सिचाइँ अभाव भोग्नुपर्ने अवस्था छैन ।’सौर्य ऊर्जाबाट चलेको यो सिँचाइ आयोजना आवश्यकताअनुसार चौबिसै घण्टा चलाउन सकिने देखिएको छ । यता गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने, ‘सिचाइँले हियाखोला ज्युलाे सुकिरहेको थियो।किसान पिडामा थिए,अब ज्युलाेमा धान देखिनेछन्।खेतीयोग्य जमिन हराभरा हुनेछ । किसानले ढुक्कसँग कृषि उपज उत्पादन गर्नेछ।’अध्यक्ष चाैलागाईले भने।

हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिचाँई :किसान उत्साहित

भारतको बाढीमा कुशे गाउँपालिकाका १३ नेपाली सम्पर्कबिहिन

Leave a comment

Your email address will not be published. Required fields are marked *