भारतको बाढीमा कुशे गाउँपालिकाका १३ नेपाली सम्पर्कबिहिन

जाजरकोट ,२३ साउन।
भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षित क्षेत्रमा गएको भीषण वर्षापछिको बादल फाट्ने (क्लाउड बर्स्ट) घटनाका कारण आएको बाढी तथा पहिरोमा परेर कुशे गाउँपालिका–२ का १३ जना नेपाली सम्पर्कविहीन बनेका छन्।
बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति कुशे गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै एक शोक विज्ञप्ति जारी गरेको छ। गाउँपालिकाले पीडित परिवारजनप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन नेपाली नागरिकहरूको उद्धार र खोजी कार्यमा नेपाली तथा भारतीय सरकारको ध्यानाकर्षण गराएको छ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सम्पर्कविहीन भएकाहरूको उद्धार तथा यथाशीघ्र खोजी गर्न  प्रदेश सरकार र नेपाल सरकार मार्फत यथाशीघ्र कदम चालियोस् भन्ने अपेक्षा लिएका छौँ।”
विगत केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पहाडी तथा नदी तटीय क्षेत्रमा पहिरो र बाढीको जोखिम अझै उच्च रहेको जनाउँदै गाउँपालिकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विपद्को जोखिम न्यूनीकरण र सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी तथा सचेत रहन पनि गाउँपालिकाले सबै वडाका बासिन्दालाई आग्रह गरेको छ।

 

भारतको बाढीमा कुशे गाउँपालिकाका १३ नेपाली सम्पर्कबिहिन

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

भारतको बाढीमा कुशे गाउँपालिकाका १३ नेपाली सम्पर्कबिहिन

हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिचाँई :किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *