हिरासतमा थुनुवा मृत्यु प्रकरणमा छानविन गर्न समिति गठन

सुर्खेत, २१ कार्तिक ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको मृत्यु भएको घटनामा छानविन गर्न समिति गठन भएको छ । शुक्रबार बिहान लागुऔषध मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११, का २६ वर्षीय गंगे विकको मृत्यु भएको थियो ।

हिरासत कक्षमा अचेत अवस्थामा भेटिएका विकको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । विकको मृत्यु भएपछि आफन्तले विरोध जनाएका थिए । आफन्तको विरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत र पीडित परिवारसँग भएको छलफलपछि घटनाको सत्य तथ्य जाँचबुझ गर्न पाँच सदस्यीय समिति गठन भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको छानविन समितिको सदस्यमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका पीताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गिता सुनार छन् ।

हिरासतमा थुनुवा मृत्यु प्रकरणमा छानविन गर्न समिति गठन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

हिरासतमा थुनुवा मृत्यु प्रकरणमा छानविन गर्न समिति गठन

‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा 

Leave a comment

Your email address will not be published. Required fields are marked *