राप्ती र बबई नदीमा बाढीको खतरा, सुरक्षा निकाय उच्च सतर्कतामा

बाँके ,२० साउन।
बाँकेको राप्ती नदी र बर्दियाको बबई नदीमा पानीको सतह खतराको तह पार गरेपछि सुरक्षानिकायहरू उच्च सतर्कतामा राखिएका छन्। निरन्तरको वर्षासँगै नदीमा जलस्तर बढेपछि बाढीको जोखिम बढेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

बाँकेको नरैनापुर गाउँपालिका–१ भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी अन्तर्गत बिओपी गंगापुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारीको नेतृत्वमा विपद् व्यवस्थापन टोली खटिएको छ।

त्यसैगरी डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदी नजिकको कम्दी पुल क्षेत्रमा इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख प्रहरी सई मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण सम्शेरगन्जबाट राप्ती नदी किनारका बस्तीहरूमा खटिएको टोलीले विपद् सम्भावनालाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क गराउँदै निरन्तर गस्ती गरिरहेको छ।

उता बर्दियामा पनि बबई नदी आसपासका बस्तीहरू उच्च जोखिममा परेपछि सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाबाट विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले स्थानीयहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेकाले नदीहरूको सतह अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

 

 

राप्ती र बबई नदीमा बाढीको खतरा, सुरक्षा निकाय उच्च सतर्कतामा

सम्पादकीय : कहिले पाउँछ परिषद्ले पूर्णता ?

राप्ती र बबई नदीमा बाढीको खतरा, सुरक्षा निकाय उच्च सतर्कतामा

जुम्लाको लुकेको स्वर्ग आन्तरिक पर्यटनको केन्द्रबिन्दुमा

Leave a comment

Your email address will not be published. Required fields are marked *