चार महिनादेखी नेतृत्व विहीन कर्णाली खेलकुद परिषद्

सुर्खेत, २२ बैशाख ।
कर्णालीको खेलकुद विकास परिषद् पदाधिकारी विहीन बनेको छ । चार महिनाबाट रिक्त रहेको परिषद्मा अझै पदाधिकारी नियुक्त गरिएको छैन । परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र संञ्ज्यालसहितका पदाधिकारीको कार्यकाल पुस ६ गते सकिएको हो । कर्णाली सरकारले नया“ नियुक्तिको लागि प्रक्रिया समेत अघि बढाएको छैन ।

परिषद् अहिले पदेन पदाधिकारीको भरमा छ । केहि समय अघिबाट परिषद्को दैनिक कार्यसञ्चालनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयका प्रशासन तथा योजना शाखाका रामप्रसाद उपाध्यायलाई दिइएको छ । उनलाई आर्थिक अधिकार छैन । जसका कारण दशौं राष्ट्रिय खेलकुदका लागि आयोजक प्रदेशको तर्फबाट गर्नुपर्ने तयारीका कामकाज अलपत्र छन् । कर्णाली प्रदेश दशौं खेलकुदको आयोजक हो ।

पदाधिकारी नहुँदा जिम्मेवारी पाएर पनि काम गर्न अफ्ठेरै भएको उनले बताए । आर्थिक बाहेक अन्य काम विस्तारै भइने रहेको दावी उनले गरे । यतिका महिनासम्म परिषद् पदाधिकारी विहीन हुँदा खेलाडीलाई प्रत्येक्ष असर परिरहेको कर्णाली प्रदेश व्याटमिन्टन संघका अध्यक्ष टक्कबहादुर शाहीले बताए । खेलकुद गतिवीधी अघि बढाउन नसकेको उनले बताए ।

खेलाडी छनौंट प्रक्रिया पनि अघि बढ्न सकेको छैन । उनले भने, ‘कर्णाली खेलकुद विहीन जस्तो भएको छ । खेलकुद गतिवीधीहरु हुन सकेका छैनन् । परिषद् भएको भए दशौं राष्ट्रिय खेलकुदको लागि गर्नुपर्ने कामहरु पनि अघि बढ्थे । नभएकै कारण यसमा पनि असर परिरहेको छ ।’ सरकारले पदाधिकारी नियुक्तिको प्रक्रियानै अघि बढाएको छैन । सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले ऐनमा सेवा सुविधा नतोकिएकोले केहि समय लाग्ने देखिएको जानकारी दिए । ऐनको संशोधनको छलफल चलिरहेकोले उनले बताए ।

अहिले कर्णाली सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कांग्रेस पनि सरकारमा छ । एमाले र कांग्रेसबिच कुरा निमिल्दा सरकारले खेदकुद परिषद्लाई पूर्णता दिन नसकेको चर्चा छ । विभागीय मन्त्रालय जुन दलको नेतृत्वमा छ । सदस्य सचिव पनि त्यहि“ दलको हुनुपर्ने माग भएको कांग्रेसका एक नेताले बताए ।

यता कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद फेरी अन्योलमा परेको छ । यो पटकलाई तीन पटक प्रतियोगिताको मिति सरिसकेको छ । कर्णालीमा २०८१ मंसिर २ देखी ९ गतेसम्म दशौं राष्ट्रिय खेदकुदको मिति तय गरिएको थियो । फेरी दोस्रो पटक २०८१ चैत २३ देखी ३० सम्मको मिति तोकियो । अर्को पटक २०८२ जेठ ३ देखी १० सम्मको मिति तोकियो । यो मितिमा पनि खेलकुद हुनेमा अन्यौल सिर्जना भइसकेको छ ।

तयारी नपुगेको भन्दै सार्न राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सिफारिस गरिसकेका छन् । प्रतियोगिता अनुगमन समितिका संयोजकसमेत रहेका उनी नेतृत्वको समितिले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको वस्तुगत अवस्था बारे जानकारी गराएर नयाँ मिति तय गर्न अनुरोध गरेको हो ।
प्रतियोगिताका लागि केहि समय अघि महिना अघि वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला परिसरमा दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सचिवालय उद्घाटन गरिएको थियो । सचिवालय पनि सुनसान छ ।

दशौं खेलकुदलाई लक्षित गर्दै हालसम्म खेल पूर्वाधार र अन्य तयारीमा प्रदेश सरकारको दुई अर्ब बजेट खर्च भइसकेको छ । तर अझै प्रतियोगीता हुने टुंगो छैन । दशौं खेलकुद प्रतियोगिता सफल बनाउनका लागि कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा सुविधायुक्त प्रादेशिक रंगशाला निर्माण गरेको छ ।

विगतमा कर्णालीमा राष्ट्रिय खेलकुद हुन नसक्नुको मुख्य कारण खेल पूर्वाधारको अभाव थियो । यही कारण पनि कर्णाली प्रदेश सरकारले दसौं खेलकुद आयोजनाको पूर्वतयारी स्वरूप धमाधम खेलकुदका पूर्वाधार निर्माण गरयो । यस्तै अन्य खेलका लागि जिल्लाहरूमा पनि आवश्यक खेल मैदान र कवर्ड हलहरू निर्माण भएका छन् ।

ऐतिहाँसिक अवसर पाउँदा कर्णालीमा उत्साहसँगै प्रतियोगिता आयोजना गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण र प्राविधिक तयारीका कामहरू धमाधम भए । तर कर्णालीमा आयोजना गर्ने भनिएको यो प्रतियोगिता नै बारम्बार स्थगित भइरहेको छ । दशौं खेलकुदमा कर्णालीमा विभिन्न २४ वटा खेल खेलाउन प्रदेश खेलकुद विकास परिषद्ले राखेपलाई यसअघि नै प्रस्ताव गरिसकेको छ । तर कुन खेल कहाँ खेलाउने भन्ने टुंगो नलागेको प्रतिवेदन राखेपले सार्वजनिक गरेर प्रतियोगिता स्थगित गरेको छ ।

कर्णालीमा विभिन्न २४ वटा खेल खेलाउन सकिने भन्दै प्रदेश खेलकुद परिषद्बाट त्यसका लागि स्थानसमेत प्रस्ताव गरिसकिएको छ कर्णालीमा उपलब्ध स्रोत र संरचनाअनुसार विभिन्न २४ वटा खेल खेलाउन सकिने अवस्था रहेको भन्दै त्यसका लागि स्थान पनि प्रस्ताव गरिएको छ ।

वीरेन्द्रनगरस्थित कालिङचोक र रंगशाला परिसरमा रहेका मैदानमा क्रिकेट, प्रदेश रंगशाला, चिसापानी र मेहेलकुनामा रहेका मैदानमा फुटबल तथा कालिङचोक मैदानमा रग्बी खेलाउने स्थान तय गरिएको छ । त्यस्तै प्रदेश रंगशालामा बास्केटबल, ह्यान्डबल, खो–खो, पौडी, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, उसु, र भलिबल खेलाउने प्रस्ताव गरिएको छ ।

सुर्खेतमा कुस्ती, जुडो, शारीरिक सुगठन, भारोत्तोलन र बक्सिङ खेलाउने स्थान तोकिएको छ । त्यसैगरी हुम्लामा हक्की, दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा कराते, रुकुमपश्चिममा आईटीएफ, सल्यानमा टेबलटेनिस र जाजरकोटमा बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्नेगरी प्रस्ताव गरिएको छ ।

चार महिनादेखी नेतृत्व विहीन कर्णाली खेलकुद परिषद्

सम्पादकीय : विवाद समाधानमा उचित कदमको खाँचो

चार महिनादेखी नेतृत्व विहीन कर्णाली खेलकुद परिषद्

कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण सुभारम्भ : घातक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds