स्मृति : अमेरिकन गोरे दाईको आँशु

४९ वर्ष पहिले जागिरे शिलशिलामा मुगु गमगडीमा एक जना जो अमेरिका निवासी अग्लो कदका अपटेगाला दारी जुगाँ पनि छाँटकाँट नगरेको गरुङ्गो झोला बोकेका हातमा लठी जस्तो नापी नक्सा लिने स्टेन्टसहित बैंक पालेलाई भाषा नबुझेपनि सर कहाँ खोइ भन्ने आवाज सुनेपछि पालेले पनि हाकिमलाई खोजेको होला भनि क कहाँ ल्याएर छोडे । साँझ झमक्क परेको थियो । बस्नुहोस् के कति कामले कता क्या हो भन्ने मोहिले अलि अलि अग्रेजी भाषा बोलिदिए । उनले बस्ने अनुमति माग्दै आफ्‌नो बोझिला् झोला हातमा औजार राखेर बस्छन् ।
सुइँयाको आवाज निकाल्दै आफ्नो भाषामा बोल्छन् । आफ्नो आँसु पुच्दै मुखको र्‍याल, सिगान पुस्दै भन्छन् म साह्रै थाकेको र भोकाएको छु । सात दिनदेखी खान पाएको छैन सुतेको पनि छैन । साथमा जीवन सङगिनि पनि थिइन । हामी इक्काईस बाइस बर्षका थिएम । उनी पनि त्याइँस चौविस वर्षका युनिसेफको कर्मचारी खानेपानी सम्बन्धी सर्वे र पानी धारा जडान गर्छु भने । हत्पत्त अलिकति दुध चिया खान दिएम उनीले आफ्नो झोलाबाट कालो रोटी उत्तिसको बाक्m्रा जस्तो देखाएर खाने अनुमति माग्दै थिए । हामीले इसारा घ्युमा पाकेको तले रोटी एकपिस बचेको थियो दियौ ।
एकै गाँस बटारेर मुखमा हाले चिया पछिबाट पिए साह्रै मिठो भने हामी तिन जना भन्दा अलि बढिलाई हुनेगरी रातो मास्री चामलको भात, मासु आलु–चोताको तरकारी गरी पाहुनालाई खान दियौँ ।उनिले तिनै जनाको पुरै स्वापारे हामिले पुनः पकाएर खायौँ । उनलाई गेष्ट रुपमा एक दुई खाट फेरुवा र पाकी भएको कोठामा आराम गर्नु भनि इसारा गरिम । हामी पनि आराम गरिम । माघको दोस्रो हप्तातिर हिउँ पर्ला जस्तो थियो विहान आठ नौँ बजेको समयमा उठी उनीलाई उठाएर दुध वाला कफी बनाएर खान दियौँ । खाएर यता उता डाँडा काँडा हेरेर आफूसँग भएको नक्सा हेर्दै थिए । विहान १० बजिसकेको थियो । खाना खाने समय र अफिस खोल्ने समय भई सकेको थियो ।
पालेलाई अफिसको ढोका खोल्न लगाई पाहुनालाई पनि अघिल्लो रात जस्तै खाना खान दियौँ । खाना खाएर आफ्नो झोला तयार पारे दुवै हात जोडेर आँसु झाद्रै भने मलाई सात दिनको भोक र थकाई पुरा गरिदिनु भो । साह्रै खुशी छु आफ्नो बुवा आमालाई सम्झे जस्तै गरी आँसु झार्दै भने । म अहिले जान्छु म सँग भएको यात्रु चेक साटिदिनुहोस भने । मैले पासवोर्ड र चेक हेरे । नगद साट्ने नियम त थिएन । तर त्यतिखेर विल खरिद वि.पि. गर्न सम्म अलिकति जानेको थिए । एक हप्ता अगाडिको गोरखापत्रको दररेट अनुसार एक दुई रुपियाँ कम पर्ने गरी रेटले रकम हात पारे दुई सय चेक दुई हजार दिए उनी खुशी भए केही फरक भएमा पछि फिर्ता हुन्छ भनियौँ । हस भन्दै हल्लाउदैँ पछाडी फर्किदै हेर्दै जिल्ला कार्यालय सिडिओ साहेवकोमा गए । त्यति खेर सिडिओ साहेव मात्र अग्रेजी जान्ने थिए शिक्षा अधिकारी र माध्यमिक सरहरु विदामा थिए । अरु कार्यालयमा कोही थिएनन् । सिडिओत भने बमोजिन आएका रहेछन् । दिनभरी हामी दुई चारजना कर्मचारी घाम ताप्दै आपसमा कुरा गरिम अमेरिका संसारमा धनि विकसित सम्पन देशको नागरिक किन रोएको होला भनियो । तर मैले तिनिलाई भाषाको बुझाई भएन हामी नेपालीलाई पैसावाला हो भन्दै तमासा हेर्‍यौ । उसको मर्म बुजेनौ राम्रोसंग खान नपाएर रोएको हो । हाम्रो देशमा शिक्षाको कमि खाने अन्नको कमी उसलाई पाहुनाको हिसावले राम्रोसँग खान पनि दिएनौ । त्यति खेर अन्न बालिमा कर्णालीमा कोदो नै बढी हुने । स्वस्थ पनि थियो । अहिले पनि छ । त्यति खेर रोग त्यति थिएन बरु भोक थियो ।
पछी जिल्ला कार्यालय जाँदा सिडीओ साहेवलेनै भन्नु भयो एउटा गोरे आएको थियो साह्रै विलौना गरेर तपाई कहाँ पठाएको थिए । सहयोग गर्नु भएछ साह्रै दयालु हुनुहँुदो रहेछ । खान बस्न चेक साटेर दिनु भयो भनि कुरा लाएछ । उ पनि त्यतिखेर गमगढीमा  सप्लायर्स गर्ने  पहिलेनै युनिसेफको विदेशी कर्मचारी रहेछ । उसैले बनाएको तिन चार धारा मुख्य जिल्ला प्रहरी कार्यालय, जिल्ला कार्यालय, महाकाली, मन्दिर बैंक र महाकाली मा.वि. धारा जडान गर्ने उनै बरुण देवता हुन् । उनी संग पानी पाइप र दुरि र मुहान बनाउने काममा म पनि खटिए । शनिवार परेको थियो । तल्लो माथिल्लो  तुम गाँउको मुलपानी छेकेर माथिल्लो पास भएको हो । यो कुरा त्यहाका पुराना बासिन्दा साक्षी हामी त्यहि थियौँ सात आठ महिना पछि उनै गोरे दाई राता पिरा भई उहि झोला सामान लिएर आए उनीबाट लिएको चेक पनि कलेक्सन भएर आएको थियो । दुई तिन सय पैसा पाउनु पर्ने भएकोले पुनःकागज बनाएर दियौ । खुशी हँुदै फिर्ता पाएको पैसा बैंक कर्मचारीलाई खाजा भनेर फिर्ता दिए । श्रीमतिलाई एउटा जाम नौनीको बटा मार्लबोरो चुरोट भएको झोला हात पारे । नेपाली पनि बोल्ने र बुझ्ने पनि भएछन् । उनीले हामी कर्मचारी गु्रपको फोटो धुलाएर पनि पठाए । मेनेजर भद्रवहादुर स्वार, दामोदर जोशी र पूर्णचन्द्र लम्सालसँगको फोटो थियो । उनी फेरी मुगु माग्री खानेपानी काम गर्न खटिएका रहेछन् । उनी फिल्डमा भएकै बखत मलाई लिएर आउन भनेछन् । माग्री स्कुलका भोटे मास्टरले जाउँ भनेपछि म पनि गए । श्रीमती बच्चा भएकोले घर गएकी थिइन् । म पनि अफिसपछि माग्रि गाउँमा गए । म गएकै दिन भिरबाट लडेर मरेको गौमतालाई दुईचार जना भोटे साथीहरु मिलेर थिलो मिलो परेको बेला परेछ । म पनि टुप्लुकै पुगे । उनी मित्रले पनि गो मंसमा हात औँला रगत पुस्दै सरि भन्दै नमस्कार गरे । तपाई हिन्दु, वुद्धिस्ट र क्रस्चियन गाई खान्छौ भने । त्यति खेर मुगु जिल्लामा दश बाह्र गाविस भोटे बस्ती थियो । मलाई छुटै बस्ने स्थान मिलाएर दुई चार गोटा कुखुराको अण्डा रोटी आलु व्यवस्था थियो । मैले त्यो रात गौमातालाई सम्झेर अण्डा खान मन लागेन रोटी उसनेको आलु  र नुन मात्र खाए । रात ऐनकेन बिताइयो । उनीहरु भने रात भरी भोटे सेलो खेली युवा युवती रमाइरहेका थिए । आपद विपद परेको बेला जस्तो धनि विदेशीले पनि भुल्दोरहेनछ । मानवले मानवताको भावना बुझेपछि संसार आफ्नो हुन्छ । वसुधैव कुटुम्वकम । दश बाह्र वर्षपछि पनि उनी विदेशी गोरे दाई के. विन बु व्रिस्कि मिसिच्युटयस राज्य उत्तर अमेरिका निवासी हुन् । कर्णाली भेगतिर युनिसेफको काम र अमेरिकन एम्वेसीमा काम गर्दा पनि मलाई सम्झेर पत्र पठाइरहन्थे ।
 प्रस्तोता 
पूर्ण प्रसाद गौमता
वी.न.नं.पा.७ ईत्राम,सुर्खेत
स्मृति : अमेरिकन गोरे दाईको आँशु

बाँके २ मा इस्तियाक राईको अग्रता कायम

स्मृति : अमेरिकन गोरे दाईको आँशु

इतिहासमै कम्युनिष्टहरुको लजास्पद हार 

Leave a comment

Your email address will not be published. Required fields are marked *