शिक्षाबाट संस्कार: बाल्यकालदेखि नै मूल्य र नैतिकताको विकास गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

सुर्खेत,१७ साउन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषता जोगाउन बाल्यकालदेखि नै संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन्।

शनिबार सुर्खेतस्थित श्री सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुँदै आएको बाल विकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्य–मान्यताको ह्रास हुँदै गएको उल्लेख गर्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे।

“हामीले आफ्नो मौलिक संस्कृति, रीतिरिवाज र सामाजिक आचरणमा देखा परेका विकृति हटाउन सानै उमेरदेखि नै बालबालिकामा नैतिक र चारित्रिक शिक्षाको विकास गर्नुपर्छ,” उनले भने।

कार्यक्रममा बालबालिकाहरूले प्रस्तुत गरेका भजन, श्लोक वाचन र संस्कार सम्बन्धी प्रस्तुतीप्रति मुख्यमन्त्री कँडेलले प्रशंसा व्यक्त गर्दै यस किसिमका कक्षाहरू समाज रूपान्तरणमा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले यस्ता प्रयासहरूले नेपाली समाजलाई संस्कारित, जिम्मेवार र सहिष्णु बनाउने भन्दै अन्य स्थानमा पनि यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे।

शिक्षाबाट संस्कार: बाल्यकालदेखि नै मूल्य र नैतिकताको विकास गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

शिक्षाबाट संस्कार: बाल्यकालदेखि नै मूल्य र नैतिकताको विकास गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

बाँकेमा १५ हजार घरपरिवार बाढी–डुबानको जोखिममा, विशेष

Leave a comment

Your email address will not be published. Required fields are marked *