घुयँत्राे:”शेखरको खेल, गगनको मेल र काँग्रेसको बेल: पाटि फुट्छ कि फुट्दैन, दैव जानुन!”

काँग्रेसकाे शेखर काेईराला समुहले राखेकाे माग, या चुनाब अघि पाटि महाधिवेशन या पुसमा विशेषमहाधिवेशन मध्ये उनिहरुकाे पहिलाे मागनै पूरा भएकाेछ । यी २ निर्णयमध्ये याैटा निर्णय नगरेसम्म पाटिलाई अनिर्णयको बन्दी बनाएर पाटि कब्जा गर्ने शेखर र उनका झाेलेहरुले गरेकाे खेलमा उनिहरु सफल भएका छन । अब जिल्लामा गरिने अधिवेशनमा आफ्नो भाेटर ल्याउन उनीहरु चुनाबमा जाई लाग्न सक्दछन ।
शेखरले चुनाब जित्ने नजित्ने कुरामा उनका झाेलेहरुकाे गतिविधि कस्ताे हुन्छ त्यैबाट थाहा हुन सक्दछ । उनीहरु अर्को समुहतर्फ क्रुरतरिकाले जाई लाग्न थाले भने परिणाम उल्टाे पनि आउन सक्छ । शेखर समूह भरसक अर्को समूहलाई बाईपास गरेर पूरै अाँफुमात्रै हाबिहुन थाल्याे भने काँग्रेस पाटि पनि फुटन सक्छ । एकत ऐले पाटिहरु त्यसैपनि फुटने लहर चलेकाेछ । प्रचण्डले शुरुगरेकाे पाटि फुटाउने खेल माधब,ओलि हुँदै पुराना सबै पाटि सहित काँग्रेसमानि देखिने निश्चित छ । तत्कालका लागि काँग्रेसले समस्या समाधान गरेकाे जस्ताे देखिएपनि पाटिकाे महाधिवेशन पछि गगन थापाकाे नेतृत्वमा पाटि चुनाबमा जाने भन्ने कुरा नपच्न सक्छ भने शेखर र गगनकाे समूहले महाधिवेशनमा चुनाब जितेपछि उमेदवारी दिने कुरामा पनि पक्कै पनि शेखरले अर्को समूहलाई टिकट दिने कुरामा लचकता देखाउने छैनन ।
किनभने हिजाेसम्म पाटि चलाउने देउबाका कार्यकर्ता भन्दानि शेखरका कार्यकर्ता अँझै बदलाकाे भावनाले ग्रसित छन र उनिहरुले बदलाकाे अबसरनै यै चुनाबलाई बनाएर अरुलाई पर्न दिनेवाला छैनन ।र उनिहरुले आफ्नो हातमा आएकाे पाटिकाे लगाम यसरी कस्ने छन कि त्यहाँ अर्को समूहले टाउकाे उठाउनै पाउने छैन । शेखरलाई अध्यक्ष बनाए गगनलाई प्रधानमन्त्री बनाएर जाने सामान्य सहमति भएकाे भन्ने ऐले सुन्नमा आएकाेछ तर समयसँगै शेखरका कार्यकर्ताले शेखरलाईनै प्रधानमन्त्री बनाउने गरि चुनाबमा जाने रणनीति बन्न सक्छ । त्याे भयाेभने हिजाेदेखि गगन,गगन भन्दै हिँड्ने जमात पनि त चुप लाएर बस्दैन हाेला । त्यसैले काेईरालाले जन्माएकाे पाटि काेईरालाले नै लगेर मलजल गर्ने भए भन्ने ग्यारेन्टी नि ऐल्यै केईछैन । यद्यपि छिमेकि मुलुकमा वीपिका समकक्षि नेहरुले जन्माएकाे पाटि करिब ६ दशककाे अबधिमा उनकाे नाति राजिब गान्धीले जसरि तहसनहस पारेर ऐले भारतमा काँग्रेस पाटिकाे जुन हरिविजाेग छ र जति मेहेनत गरेपनि अबकाे ५० बर्षसम्म काँग्रेस कहिँकतैबाट सत्तामा पुग्दैन त्यसै गरि नेपालकाे विपिले जन्माएकाे पाटि काँग्रेसकाे हालत पनि त्यस्तै नहाेस । ०७ सालमा जन्मिएकाे काँग्रेस करिब ८० बर्षकाे उमेरमा आएर नेताहरुले करिबकरिब बृताकैरुपमा व्याख्या गरेकाछन । उनीहरुले याे पाटिलाई अब बृताकै रुपमा फिर्ता लैजान चाहेका हुन र त्यसैगरि चलाउने हुन भने यसकाे पनि आयु त्यति लामाे छैन । समयकाे क्रमले देशमा अनेकन पाटि जन्मि सकेकाछन । जेनजी आन्दोलन पछि त झन काँग्रेसका नेताहरले देखाएकाे ब्यवहारले अब जनता काँग्रेस पाटि भनेर बस्नेवालाछैनन । पारिवारिक अबसरवाद र दलालि गिरीसँगै भष्टाचारले बुङ्बुङ्ति गन्हायकाे पाटिकारुपमा चिनिन थालेकाे काँग्रेस पाटिप्रति हिजाेकाे जस्ताे माेह आज जनतामा छैन ।
त्यसैले पनि काँग्रेसभित्रकाे कलह र पाटिमा नेतृत्व कसले गर्छ भनेर जनतामा हिजाेकाे जस्ताे काैतुहलता र उत्सुकताछैन । बजारमा सस्ता नयाँ पाटि आएकाछन अब रुढिवादि पाटिलाई जनता रुचाउँदैनन । त्यसैले पनि काँग्रेसीहरु देशका लागि आँफुहरुमात्रै वैकल्पिक शक्ति हुँ भनेर नआउँदानि हुन्छ ।किनभने ०४८ देखि जेनजिआन्दोलन अघिसम्म यीनले चलाएकाे शासन सत्ताले देश र जनताका लागि गर्न सक्ने यत्ति थियाे त ! ? त्यति त जनताले मूल्यांकन गरेकै त हाेलान त ! काँग्रेसीहरुमा चेतना भया ।






