बर्दियामा फेरि पाटेबाघको प्रहार, बेलभारकी ५९ वर्षीया महिलाको मृत्यु

बर्दिया ,१६ मंसिर ।

बर्दियामा पाटेबाघको आक्रमण घटना रोकिँदै नरोकिने क्रम जारी छ। यसपटक बारबर्दिया नगरपालिका–११ बेलभारकी ५९ वर्षीया गोपी थरुनीको बाघको आक्रमणबाट ज्यान गएको छ। नजिकैको जंगलमा गेहेका बेला अचानक बाघले आक्रमण गर्दा थरुनीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

बाघको बढ्दो गतिविधि र मानव बस्ती नजिकको आवागमनका कारण बर्दिया क्षेत्रमा पटक-पटक यस्ता दुखद घटना भइरहेका छन्। केही दिनअघि मात्र बर्दियामै पाटेबाघको आक्रमणबाट अर्का एक व्यक्तिले ज्यान गुमाएका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र भएकाले वन्यजन्तुको आवतजावत बढी हुने र जोखिम पनि उच्च रहने विशेषज्ञहरूले बताउँदै आएका छन्।

स्थानीयवासीले वन प्रवेश गर्ने अवस्थामा थप सावधानी अपनाउन आग्रह गर्दै निकुञ्ज तथा सम्बन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नु पर्ने आवश्यकता दोहोर्याएका छन्। बाघ–मानव द्वन्द्व रोकिन नसक्दा बर्दियाका बासिन्दा निरन्तर त्रसित बन्दै गएका छन्।

 

बर्दियामा फेरि पाटेबाघको प्रहार, बेलभारकी ५९ वर्षीया महिलाको मृत्यु

घुयँत्राे:”शेखरको खेल, गगनको मेल र काँग्रेसको बेल:

बर्दियामा फेरि पाटेबाघको प्रहार, बेलभारकी ५९ वर्षीया महिलाको मृत्यु

मार्तडीमा आगलागी, करोडौँको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *