बनगाडमा निशुल्क आँखा शिविर सञ्चालन,लगत्तै मुटु र मिर्गौलाको पनि शिविर वस्ने

दुर्गा विसि

 सल्यान ,१५ मंसिर ।
सल्यान पश्चिममा सञ्चालित दुईदिने निशुल्क आँखा शिविरमा जेष्ठ नागरिकहरुकाे उल्लेख्य सहभागीता देखिएको छ । ।आज मात्रै ७१ जना माेतिया विन्दु भएका नागरिककाे शल्यक्रिया गरिएको छ ।शल्यक्रिया पश्चात् पुनः नयाँ संसार देख्न पाएकाे जेष्ठ नागरिकहरुकाे भनाइ रहेको छ ।नगरका ७ वटा स्थानमा शिविर छनौट गरिएको छ तिलगंगा आँखा अस्पतालकाे आर्थिक सहयोग,नेपाल रेडक्रस साेसाइटी सुर्खेत आँखा अस्पतालकाे प्राविधिक सहयोग,नेपाल रेडक्रस साेसाइटी उप शाखा देवस्थल सल्यान काे समन्वय र बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजनामा दुईदिने शिविर सञ्चालनमा छ ।

देवस्थलकाे नगर अस्पतालमा सञ्चालित आँखा शिविरकाे उद्घाटन सत्रमा नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि,उप प्रमुख पुरुषाेत्तम आचार्य,प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी,वडा अध्यक्ष गणेश विसि लगाएतको उपस्थिति रहेको थियोे ।आँखा प्राविधिक टिमका अनुसार मुख्यत यश क्षेत्रमा आँखामा समस्या देखिनुकाे मुख्य कारण आँखा सुख्खा,सुर्यको किरण,घासपात काट्दा आँखामा घाउ भएका,जल विन्दु,उच्च मधुमेह वढि भएका देखिन्छ ।

वर्षेनि आँखाका विरामि वढेकाे समेत देखिन्छ ।७ वटा शिविरबाट छनौट भएका आँखाका विरामिलाइ देवस्थलमा रहेकाे नगर अस्पतालबाट दुईदिने शिविर सञ्चालन गरि शल्यक्रिया गरिने नेपाल रेडक्रस साेसाइटी देवस्थल उप शाखाका सभापति पुष्कर विसिकाे भनाइ रहेको छ ।उक्त शिविरमा छिमेकी पालिका सिद्धकुमाख,कुमाख र सिम्ता गाउँपालिका सुर्खेतबाट समेत उपचार गर्न आएको वताएकाे छ ।आँखा शिविर लगत्तै नागरिकका लागि मुटु र मृगौलाकाे समेत शिविर सञ्चालन हुने नगर प्रमुख वुढाथाेकिकाे भनाइ रहेको छ ।

बनगाडमा निशुल्क आँखा शिविर सञ्चालन,लगत्तै मुटु र मिर्गौलाको पनि शिविर वस्ने

मुगुमा महिलामार्फत जलवायु चेतना विस्तार

बनगाडमा निशुल्क आँखा शिविर सञ्चालन,लगत्तै मुटु र मिर्गौलाको पनि शिविर वस्ने

घुयँत्राे:”शेखरको खेल, गगनको मेल र काँग्रेसको बेल:

Leave a comment

Your email address will not be published. Required fields are marked *