मुगुमा महिलामार्फत जलवायु चेतना विस्तार

गाेल्डेन बुढा

जुम्ला,१५ मंसिर
जलवायु परिवर्तनले दिनप्रतिदिन प्रहार गरिरहेका हिमाली समुदायहरूबीच महिलालाई केन्द्रमा राखेर मुगुमा व्यापक सचेतना अभियान चलाइएको छ। मुगुमकार्मारोंग गाउँपालिका र सोरु गाउँपालिकामा सम्पन्न कार्यक्रमले जलवायु संकटसँग जुध्न स्थानीय महिलालाई ज्ञान, अनुभव र नेतृत्व क्षमताले सशक्त बनाएको छ।सोमबार मुगुमकार्मारोंग गाउँपालिकाका ७, ८ र ९ तथा सोरु गाउँपालिकाको ९ मा आयोजित उक्त कार्यक्रम महिला अधिकार केन्द्र नेपाल, मुगुको आयोजनामा तथा टेवा नेपालकाे आर्थिक सहयोगमा सम्पन्न भएको हो।

महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीका अनुसार चार वडाबाट जम्मा १ सय ६५ जना महिलाको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको छ।कार्यक्रममा जलवायु परिवर्तनका वैज्ञानिक कारण, स्थानीय स्तरमा देखिएका असर, पहाडी भूभागमा बढ्दै गएको जोखिम, तथा समुदाय स्वयंले अपनाउन सक्ने व्यावहारिक निराकरण उपायमा गहिरो छलफल गरिएको थियो। सहजीकरण शिवचन्द्र कार्कीले गरेकाले तालिमलाई सरल, व्यवहारिक र सहभागीमैत्री बनाउन सहयोग पुगेको सहभागीहरूले प्रतिक्रिया दिए।मुगुमकार्मारोंग गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीको उपस्थितिले स्थानीय सरकारकाे प्रतिवद्धतासमेत झल्किएको छ। “हामीले केवल सुनेका होइन, अब हामी बुझ्न र लागू गर्न सक्षम भएका छौँ,” सहभागी तारा बिष्टले भनिन्। अर्की सहभागी उजेली बुढाले तालिमले जलवायु परिवर्तनलाई दैनन्दिन जीवनसँग जोडेर सिकाएको बताइन्।गत वर्ष खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकामा यस्तै कार्यक्रम सञ्चालन गरिसकेको महिला अधिकार केन्द्र नेपालले आगामी वर्षहरूमा स्थानीय तहका नीति तथा योजनामा जलवायु परिवर्तनलाई अनिवार्य प्राथमिकताको रूपमा स्थापित गर्ने लक्ष्य लिएको अध्यक्ष शाही बताउँछिन्।

हिमाली क्षेत्रका महिलाले भोग्ने दैनिक चुनौती,अकस्मात् मौसम परिवर्तन, पानीको अभाव, कृषि उत्पादनमा गिरावट, इन्धन संकट,यी अब केवल समस्या मात्र नभई समाधानको लागि सामूहिक संकल्पमा रूपान्तरण हुँदै गएको यो अभियानले संकेत गरेको छ।

मुगुमा महिलामार्फत जलवायु चेतना विस्तार

नेपालगन्जमा प्रभातफेरीदेखि सडक नाटकसम्म: ३८औँ विश्व एड्स

मुगुमा महिलामार्फत जलवायु चेतना विस्तार

बनगाडमा निशुल्क आँखा शिविर सञ्चालन,लगत्तै मुटु र

Leave a comment

Your email address will not be published. Required fields are marked *