खेल क्षेत्रलाई व्यवसायिक बनाउँदै युवालाई आत्मनिर्भर बनाउने वातावरण तयार गर्नुपर्ने मुख्यमन्त्री कँडेलको जोड

सुर्खेत ,१६ साउन।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यवसायिक रूप दिँदै युवालाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार सुर्खेतमा आयोजित नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले खेलले युवामा सिर्जनशीलता, अनुशासन र जिम्मेवारीको भावना विकास गराउने भएकाले यस क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।

“खेल अब केवल मनोरञ्जनको माध्यममात्र होइन, यसलाई रोजगारी, व्यवसाय र नेतृत्व विकाससँग जोड्न सकिन्छ,” उनले भने, “युवाहरूलाई आत्मनिर्भर बनाउने वातावरण राज्य र समाज दुवैले तयार गर्नु आवश्यक छ।”

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष दिपेन्द्र दाहाल, महासङ्घ कर्णाली प्रदेशका पदाधिकारी तथा कर्णालीका १० वटै जिल्लाबाट आएका जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले खेल क्षेत्रमा संगठनात्मक सुदृढीकरण, नेतृत्व चयन तथा आगामी योजना निर्माणमा केन्द्रित छलफल गर्ने जनाइएको छ।

 

खेल क्षेत्रलाई व्यवसायिक बनाउँदै युवालाई आत्मनिर्भर बनाउने वातावरण तयार गर्नुपर्ने मुख्यमन्त्री कँडेलको जोड

“आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा

Leave a comment

Your email address will not be published. Required fields are marked *