अनियमित विद्युतले कालीकोटमा सास्ती

कालीकोट जिल्ला विद्युतीकरण भएको दुई दश वितेपनि विद्युत सेवा नियमित हुन सकेको छैन । जिल्ला सरदमुकामसँगै गाउँसम्म अहिले विद्युतका पोल जडान गरिएको छ । तर नागरिकले महिनामा जम्मा सातदेखि दश दिन मात्र विद्युत सेवा पाउने गरेका छन् । जिल्लामा विद्युत सेवा अनियमित हुँदा नागरिकलाई समस्या भइरहेको छ ।

हिउँदका महिनामा पानीको स्रोत अभावले भइरहने लोडसेडिङ र वर्षातको समयमा बाढी पहिरोका कारणले कालीकोटका नागरिकले नियमित विद्युत सेवा पाउनबाट वञ्चीत हुँदै आएका छन् । मान्मका व्यापारी मनिराज पाण्डेले एक दिनमा हिसाव राख्दा एक सय पटक विद्युतको लाइन आउने र जाने गरेको बताए । विद्युत लाइन अनियमित भएपछि एक सहकारी संस्थाबाट ८० हजारमा सोलार सेट ल्याएर दैनिक कामकाज भइरहेको उनको भनाइ छ ।

मोबाइल तथा इलोक्टोनिक व्यापारी पाण्डेले पछिल्लो समय राष्ट्रिय प्रसारण लाइन पुगेको हल्ला भए पनि विद्युतको आवश्यक्ता अनुसार नागरिकले उपभोग गर्न नपाउदा सबैले विकल्पमा वैकल्पीक ऊर्जा प्रयोग गरिरहेको जानकारी दिए ।

चार दिनसम्म विद्युत नियमित नभएपछि यहाँका नागरिक मोबाइल चार्ज गर्न मोबाइल पसलमा लाइन लाग्ने गरेको उनी बताउछन् । ‘‘यस्तो अवस्थामा कालीकोटमा विद्युत छ भनेर कसरी मान्ने,’’ पाण्डेले भने ।

सुरुमा स्थानीय खोला सान्नीगाढबाट विद्युत सेवा सुचारु भए पनि पछिल्लो समय राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । तर नागरिकले विद्युत सेवा भने कहिलै भरपुर प्रयोग गर्न पाएका छैनन् । जिल्लामा सञ्चालित सामुदायिक रेडियोको प्रसारण समेत विद्युतकै कारणले नियमित हुन सकेको छैन ।
यता जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि विद्युत अभावका कारणले कहिले काही राहदानी, नागरिकता प्रिन्ट गर्न समस्या हुँदा सोलारको व्यवस्थापन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अप्रेटर उज्जलवहादुर शाहीले विद्युतको भर पर्दा सेवा दिन ढिला हुने भएपछि सोलार जडान गरेरको जानकारी दिए ।

उता विद्युत प्राविधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक फोनमेल जयप्रसाद पाण्डेले आफुहरुको समस्याभन्दा पनि यो उतैबाटको समस्या भएको बताए ।

‘‘वर्षातको समयमा प्राकृतीक समस्या हो । हिउँदमा मुख्य ठाउँबाट विद्युत सेवा नियमित नभएकाले आफ्नो वितरण केन्द्रबाट नागरिकलाई सेवा दिन सकिएको छैन ।,’’ उनले भने, ‘‘यहाँको स्थानीय विद्युत उत्पादनमा खासै स्थानीय सरकारले चासो नदिँदा कालीकोटका नागरिक विद्युत सेवाबाट वञ्चित भएको स्वीकार छौं ।’’

अनियमित विद्युतले कालीकोटमा सास्ती

ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री

अनियमित विद्युतले कालीकोटमा सास्ती

व्यावसायिक र व्यक्तिगत खाताका लागि इसेवाको एउटै