मानवसेवा आश्रमको १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम


मानवसेवा आश्रमले आफ्नो १२ वर्षको सफल यात्रा पूरा गरी १३औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा आश्रमले सातै प्रदेशका १९ जिल्लामा रक्तदान कार्यक्रम गरी यो खुशीयाली मनाउने योजना बनाएको छ ।

मानवसेवा आश्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यो वार्षिकोत्सव पनि सेवा र मानवतामा आधारित कार्यक्रममार्फत मनाउन लागिएको हो ।

रक्तदान गर्न इच्छुक सबैलाई बिहिवार बिहान ७ बजे वीरेन्द्रनगर ६, पिपल चौतारामा उपस्थित हुन सादर निमन्त्रणा समेत गरेको छ ।
रक्तदानको महत्त्वलाई जनाउँदै, आश्रमले यो कार्यक्रममार्फत समाजमा सेवा र मानवताको भावनालाई प्रवर्द्धन गर्न चाहन्छ । “रक्तदानः जीवनदान“ भन्ने सन्देशलाई आत्मसात गर्दै, तपाई पनि यस कार्यक्रममा सहभागी भई हाम्रो खुशीमा सहभागी हुन आश्रम सुर्खेत जिल्ला संयोजक सुजन गौतमले आग्रह गरेका छन् ।

मानवसेवा आश्रमको १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सबै बालबालिकाको प्ररेणाको श्रोत लक्ष्मी खत्री

मानवसेवा आश्रमको १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण