समाजवादी मोर्चाको सभामा भोली प्रधानमन्त्री आउने

सुर्खेत ।
समाजवादी मोर्चाको ‘सन्देश सभा’ वीरेन्द्रनगरमा हुने भएको छ । बिहिबार हुने कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेतमा आउने भएका छन् ।

बुधवार वीरेन्द्रनगरमा समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलमा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले प्रचण्डसँगै समाजवादी मोर्चाका शीर्ष नेताहरू आउने जानकारी दिईन् ।

अध्यक्ष केसीले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको बताइन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी सुर्खेत आउने केसीले बताइन् ।
उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ । बिहीबार दिउँसो ११ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *