मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सुर्खेत ।
पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
धुलियाबिटबाट बजार तर्फ आउदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना भएको हो ।
पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ बर्षका धर्मदत्त सापकोटा गम्भीर घाइते भएका थिए ।
टाउको र छातीमा चोट लागेका उनलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा लगिएको थियो । उपचारको क्रममा उनको बुधबार मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





