क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन

सुर्खेत ।
नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । क्यानले कर्णालीलाई मान्यता दिएसँगै कर्णालीमा पहिलो पटक पदाधिकारी चयन गरिएको हो ।

संघको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतका सूर्य थापा चयन भएका छन् । पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिमा सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली रुकुम, सविन हमाल, बुलन्द बाबु सेजुवाल सल्यान, दमनराज शाही कालिकोट, प्रकाश भुषाल सुर्खेत, पवनकुमार थापा, समुन्द्र शाही, मनोज थापा दैलेख रहेका छन् ।

खड्काको पहलमा कालिकोट, दैलेख, रुकुमपश्चिम र सल्यानमा नेपाल क्रिकेट संघको जिल्ला शाखा विस्तार गरिएको थियो । क्रिकेटलाई कर्णालीमा स्थापित गर्नमा खड्का को भूमिका नै देखिएकाले पहिलो अध्यक्षका रुपमा उनलाई नै सर्वसम्मत नेतृत्व चयन गरिएको एक पदाधिकारीले बताए ।

क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन

समाजवादी मोर्चाको सभामा भोली प्रधानमन्त्री आउने

क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन

पाकिस्तानविरुद्ध नेपालको शानदार शुरुआत

Leave a comment

Your email address will not be published. Required fields are marked *