मेजर पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा आएनन्

सुर्खेत ।
डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा आएका छैनन्।
आइतबार अपराह्नदेखि सम्पर्कविहीन उनको अवस्था अझै अज्ञात रहेको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्केका थिए।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि उनी कतै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । उनको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।

बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले उनको खोजी जारी राखिएको बताए ।

मेजर पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा आएनन्

हामीबाट अरुले सिक्नेगरी काम गर्नुपर्छ– मन्त्री सिंह

मेजर पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा आएनन्

कर्णालीमा मनोपरामर्श सेवाको अभाव

Leave a comment

Your email address will not be published. Required fields are marked *