कर्णालीमा मनोपरामर्श सेवाको अभाव

पुनम वि.सी.
सुर्खेत ।
कर्णालीमा आत्महत्याको अवस्था निकै भयावह छ । यहाँ मासिक रुपमा करिव २५ जनाले आत्महत्या मार्फत ज्यान गुमाउँछन् । वार्षिक रुपमा सरदरमा तीन सय जना कर्णालीका नागरिकले आत्महत्या मार्फत ज्यान गुमाईरहेको प्रहरीको तथ्यांक छ ।

कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन्, यि सबै स्थानीय तहमा वसोवास गरिरहेका नागरिकहरु मनोपरामर्श सेवाको पहुँचमा छैनन् । त्यसैले पनि कर्णालीमा मनोसामाजिक परामर्श सेवा अभावले आत्महत्याको तथ्यांकलाई घटाउन सकिएको छैन ।
‘मुटु दुखे उपचार हुन्छ, मन दुखे कहाँ जाने ?’, प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावत प्रश्न गर्छन् ।

मनोविद् रावलकहाँ अहिले मनोपरार्श सेवाका लागि दैनिक १० देखि १२ जनासम्म विरामीहरु आईपुग्छन् । प्रदेश अस्पताल मार्फत सेवा लिदै ५० देखि ६० जनासम्म विरामीहरु मनोरोग उपचारका लागि नियमित औषधि सेवन गरिरहेका छन् ।

‘प्रदेशको राजधानी वीरेन्द्रनगरमा मनोपरामर्श सेवा उपलब्ध छ । परामर्श सेवाले सम्भव नभएपछि औषधि सेवन पनि गराउँदै आईएको छ’, मनोविद् रावतले भने, ‘तर कर्णालीका अन्य जिल्ला तथा स्थानीय तहमा यो सुविधा उपलब्ध छैन ।’

मनोरोग तथा मनोपरामर्श आवश्यकता रहेका विरामीहरुलाई समेत उपचारको आवश्यकता महशुस हुदैन । उनीहरुले आफुलाई मनोपरामर्श सेवाको आवश्यकता रहेको महशुस नगरेपनि अस्पताल तथा चिकित्सकको पहुँचमा आउँदैनन् । यस अवस्थाले विरामीहरु आत्महत्याको सिकार हुनसक्ने जोखिम बढाउने मनोविद् पूर्ण रावल बताउँछन् ।

कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार २०७७-०७८ मा कर्णालीमा आत्महत्याका कारण तीन सय ३९ जनाको मृत्यु भएको थियो । २०७८-०७९ मा दुई सय ८९ जना र २०७९-०८० मा दुई सय ७३ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

यस अवस्थामा सर्वप्रथम सचेतनाको आवश्यकता रहेको उनको भनाई छ । पहिलो विषय विरामीलाई मनोपरार्श सेवा आवश्यक रहेको खड्कनुपर्छ । अनि मात्र विरामी अस्पताल आईपुग्छ ।

प्रदेशमा मनोपरामर्श सेवाका लागि यहाँका दुर्गम जिल्लामा यो सेवा प्रवाह स्थिती समेत राम्रो छैन । अहिलेपनि प्रदेशका जिल्ला अस्पतालहरुमा मनोपरामर्श सेवाका लागि जनशक्तिको अभाव नै छ । यसका साथै यस सेवाका लागि दरवन्दी समेतको सिर्जना भईरहेको छैन ।
सेवा प्रवाह संयन्त्र अभाव रहेको समयमा भने ‘टेलिमेडिसिन’ सेवामा मनोपरामर्श समेत जोड्नुपर्ने मनोविद् रावतको भनाई छ । सेवा प्रवाह स्थिती नहुँदा विरामीहरु मनोविद् तथा चिकित्सकको पहुँचमा अन्तिम समयमा मात्र आईपुग्छन् । यसले उनीहरुको उपचारमा समेत थप कठिनाई सिर्जना गरिदिएको छ ।

मनोपरामर्श सेवा माग गरिरहेको तथ्यांक

कर्णालीका लागि मनोपरामर्श सेवा अभाव नै छ, तर यसको अभाव खड्किएको विषयमा भने राज्य संयन्त्र समेत जानकार छैन ।
कर्णाली प्रदेश प्रहरीकै तथ्यांक हेर्दा कर्णालीमा पुरुषहरु नै बढि आत्महत्याको सिकार भएको देखिन्छ । २०७७-०७८ मा एक सय ८२ जना, २०७८-०७९ मा एक सय ६० र २०७९-०८० मा एक सय ५७ जना पुरुषको आत्महत्याको कारण ज्यान गुमेको छ ।

महिलाहरु तर्फ, २०७७-०७८ मा एक सय २१ जना, २०७८-०७९ मा ९४ र २०७९-०८० मा ८१ जना महिलाहरुको आत्महत्यामा ज्यान गुमेको छ । तीन आर्थिक वर्षमा एक सय ६ जना बालबालिकाहरुले आत्महत्यामा ज्यान गुमाएका छन् ।

यस तथ्यांकले कर्णालीमा मनोपरामर्श सेवाको अभाव बढ्दो अवस्थामा रहेको कोशिशको समाहित परियोजनाका कार्यक्रम अधिकृत महेश भट्टराई बताउँछन् । कोशिशले हाल वीरेन्द्रनगर लगायतका स्थानीय तहमा मनोसामाजिक अपाङ्गता रहेका व्यक्तिहरुका लागि परामर्श सेवा प्रदान गरिरहेको छ ।

मनोसामाजिक परामर्श सेवा प्रवाहमा आफ्ना अनुभवहरु सहित उनले भने, ‘मनोपरामर्श सेवा अभावले नागरिकहरु आत्महत्याको शिकार भईरहेका छन् । यसका सचेतनाको निकै अभाव छ । यसतर्फ राज्यले समेत ध्यान दिनुपर्ने आवश्यकता छ । वर्षेनी शैयौं नागरिकले आत्महत्या गरी रहेका छन् आत्महत्या रोकथाम मा कोशिशले जनचेतामूलक गतिविधिहरु संचालन गरिरहेको छ ।’

आत्महत्या सबैको सरोकार को साझा बिषय भएकोले सबैको सरोकार रहन जरुरी रहेको उनले बताए । आत्महत्याको उपचार र रोकथाम हुन सक्छ भन्ने कुरा सबैलाई जानकारी हुनसके आत्महत्यालाई नियन्त्रण गर्न सकिन्छ ।

कर्णालीमा मनोपरामर्श सेवाको अभाव

मेजर पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा

कर्णालीमा मनोपरामर्श सेवाको अभाव

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *