हामीबाट अरुले सिक्नेगरी काम गर्नुपर्छ– मन्त्री सिंह

सुर्खेत ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आर्थिक अनुशासन कर्णाली प्रदेशबाट अरुले सिक्नेगरी काम गर्नुपर्ने बताए । कर्णाली प्रदेशलाई आर्थिक अनुशासनमा नबाँधिएको प्रदेश हो कि भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्न खासगरी लेखा समूहका कर्मचारी चनाखो हुनुपर्ने र त्यसतर्फ लाग्नुपर्ने बताएका हुन् ।

मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित प्रदेश लेखा इकाईहरूको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी प्रदेश लेखा इकाईका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले अरुले हाम्रो कामबाट सिक्नेगरी काम गर्नुपर्ने बताइएको हो ।

उनले दुर्गम क्षेत्रमा रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई सेवा प्रवाहमा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय लाग्ने प्रतिबद्धता जनाए । दुर्गममा कार्यरत कर्मचारीहरूले पेलिएर गएको अनुभूति नगर्न मन्त्री सिंहको आग्रह समेत रहेको छ । कर्मचारीहरूको सरुवालाई न्यायोचित बनाउनेगरि सरकार लाग्ने पनि मन्त्री सिंहको प्रतिबद्धता छ ।

कार्यक्रममा मन्त्री सिंहले संघ सरकारबाट विभिन्न शीर्षकमा प्रदेशलाई प्राप्त रकम फिर्ता नजानेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । वित्तीय र आर्थिक अनुशासन कायम गर्ने शैली अपनाउन मन्त्री सिंहको आग्रह छ ।

मन्त्री सिंहले सरकारले यसअघि सदनमा जनाएको प्रतिबद्धता अनुसार कडाईका साथ बजेट कार्यान्वयनको काम गर्ने बताउँदै त्यही अनुसार तयारी गर्न प्रदेश लेखा इकाईहरूलाई निर्देशन दिए ।

समीक्षा कार्यक्रममा प्रदेश लेखा इकाई कार्यालयका प्रमुखहरूले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगती विवरण, जिल्लाको समग्र खर्च स्थिति, बजेट तथा कार्यक्रम कार्यान्वयन र निकासाका विषयमा रहेका समस्या र समाधानका विकल्पबारे धारणा राखेका थिए । उनीहरूले केही जिल्लामा प्रदेश लेखा इकाईको भवन नहुँदा समस्या भएको, सवारी साधन नहुँदा समस्या भएको लगायतका विषयलाई पनि जोड दिएका थिए ।

हामीबाट अरुले सिक्नेगरी काम गर्नुपर्छ– मन्त्री सिंह

शिव शिखरद्वारा ३० करोड ठगी, ११ करोड

हामीबाट अरुले सिक्नेगरी काम गर्नुपर्छ– मन्त्री सिंह

मेजर पण्डित तीन दिन बित्दा पनि सम्पर्कमा

Leave a comment

Your email address will not be published. Required fields are marked *