मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

सुर्खेत । सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोक नजिक मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको छ । घण्टाघर चोकदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ४७६१ नम्बरको मोटरसाईकको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको हो ।
मोटरसाइलको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवत्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ, भने चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






