बजेटमाथी मुख्यमन्त्री र अर्थमन्त्रीले मनाेमानी गरेकाे भन्दै एमालेद्वारा संसद अवरूद्ध

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्ल नदिने चेतावनी दिएकाे छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गत असार १ गते संसदमा पेश गरेको बजेटमाथीको मन्त्रालयगत छलफलमा बुधबार सून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताए ।

‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीज्यूले कसैको प्रभावमा प्रदिन भनेर भन्नु भएको थियो, तर उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दवाव आयो भनेर पत्रकार सम्मेलन गर्नु भयो’, पछाईले भने, ‘मुख्यमन्त्री र योजना आयोगबाट तपाईलाई कस्तो दवाव आयो संसदमा एमाले जवाफ चाहन्छ ।’ अर्थमन्त्री सिंहले बजेट निर्माणमा योजना आयोगबाट दवाव आएको अभिव्यक्ति दिएको सन्दर्भमा सचेतक पछाईले भने, ‘संसदमा कुनै दवाव आएको छैन भन्ने, अनि योजना आयोगले कर्मचारीलाई कारवाही गर्ने, ति को कर्मचारी हुन् ? तिनले के दवाव दिएका हुन् ? संसदमा जवाफ चाहियो ।’

मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री सिंहले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरुमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरित टुक्रे योजना बाडेको, स्पष्ट हुनेगरी रातो किताव नल्याएको लगायतका आरोप एमालेको छ ।

बजेटमाथी मुख्यमन्त्री र अर्थमन्त्रीले मनाेमानी गरेकाे भन्दै एमालेद्वारा संसद अवरूद्ध

‘स्थानीय तहमा चालु खर्च नघटाए संघीयता नै

बजेटमाथी मुख्यमन्त्री र अर्थमन्त्रीले मनाेमानी गरेकाे भन्दै एमालेद्वारा संसद अवरूद्ध

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *