एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले पेश गरेको बजेट माथीकाे छलफलमा मुख्यमन्त्री र अर्थमन्त्रीले एकलौटी गरेको भन्दै एमालेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

‘कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोही बैठक आधा घण्टाको लागि स्थगित भएकोमा सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले माननीय सभामुखज्यूले सभाको अर्को बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम ६ को उपनियम (२) र (३) बमोजिम मिति २०८० साल असार १४ गते बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरू तथा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ प्रदेशसभा सचिवालयबाट जारी सूचनामा भनिएको छ ।
मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरुमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरित टुक्रे योजना बाडेको, स्पष्ट हुनेगरी रातो किताव नल्याएको भन्दै एमालेले विरोध जनाएको हो ।






