विचार र मुद्दा मिल्नेसँग पार्टी एकता हुनसक्छ :  अध्यक्ष नेपाल

सुर्खेत, १५ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताए  । कर्णाली प्रदेशस्तरीय पार्टीको आन्तरिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्न यहाँ आएका अध्यक्ष नेपालसँग विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन  ।

अझै पनि विचार, सिद्धान्त र कार्यशैली मिलेपछि पार्टी एकता गर्ने कुराको सङ्केत गरे  । तर कसैसँग विलय हुने कुरामा छलफल नहुने उनले प्रष्ट पारे  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वार्ता संवादको प्रयास गरे पनि एकीकृत हुने सम्भावना नभेटिएको उनको भनाइ छ ।

‘नेकपा एकता हुने सम्भावना खोजेका थियौँ । पहल पनि भयो, तर सम्भावना देखिएन ।’ उनले भने  ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र राष्ट्रियताको पक्षमा उभिएका दलहरुबीच अहिले गठबन्धन भएको छ ।’ देशको राष्ट्रियताको रक्षा र हितको मामिलामा समाजवादी पार्टी एकता गर्ने बताए  ।

देशमा भएको भ्रष्टाचार विरुद्धमा र सुशासन, संवृद्धिका पक्षमा राजनीतिक परिस्थिति निर्माण गर्ने कुरामा केन्द्रित हुनेपर्ने उनले बताए  । गठबन्धनबाट राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई अगाडि सारिएको जानकारी दिँदै उनले उम्मेदवारका विषयमा चर्चा परिचर्चा अगाडि बढे पनि अन्तिम दिनमा सहमति जुटेको बताए  ।

राष्ट्रपतिको मनोनयन दर्तापछि राजनीतिक कोर्षले नयाँ मोड लिएको भन्दै अब यसमा कुनै विवाद नभएको जिकिर गरे ।

गाेरखापत्र 

विचार र मुद्दा मिल्नेसँग पार्टी एकता हुनसक्छ :  अध्यक्ष नेपाल

सात सय ‘बेडनाठो’ हाउँडी गाउँ

Leave a comment

Your email address will not be published. Required fields are marked *