गुर्भाकोटले ल्यायो ९७ करोड ९१ लाखको बजेट

दिलिप ढकाल
सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार १३ औँ नगर सभामार्फत नगर उपप्रमुख मैना विकले आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा वित्तीय सामानीकरणबाट १३ करोड आठ लाख, संघीय सरकारको सशर्त अनुदानबाट ३६ करोड ९८ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान एक करोड ५६ लाख ९१ हजार, संघीय राजश्व बाँडफाँडतर्फ १२ करोड ८५ लाख दुई हजार, सशर्त अनुदान तीन करोड ९३ लाख चार हजार रुपैयाँ रहेको छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक आय एक करोड ८६ लाख, खर्च नभएको मौज्दात रकम एक करोड ५० लाख र सामाजिक सुरक्षा अनुदान २२ करोड ५० लाख रुपैयाँ पनि बजेटको रुपमा रहेको छ । यो चालू आर्थिक वर्षको बजेट भन्दा झण्डै तीस करोडले बढी हो । चालु आवमा गुर्भाकोट नगरपालिकाले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।

आगामी नीति, कार्यक्रम तथा बजेट शिक्षा, खेलकुद, खानेपानी कृषि, सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै नगर सभामा सभाका सभाध्यक्ष हस्त पुनले गुर्भाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमसभा समक्ष पेस गरेका थिए । पुनले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारितसमेत भएको छ ।

गुर्भाकोटले ल्यायो ९७ करोड ९१ लाखको बजेट

अपाङ्ग एकता समाज गुर्भाकोट कार्यालयको अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *