अपाङ्ग एकता समाज गुर्भाकोट कार्यालयको अनुगमन

दिलिप ढकाल

सुर्खेत ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-४ को परिसरमा रहेको अपाङ्ग एकता समाज गुर्भाकोटको कार्यालयमा अनुगमन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय अध्यक्ष देविदत्त आचार्यसहितको टोलीले अनुगमन गरेको हो । अनुगमन तथा भेटघाटमा संघीय उपाध्यक्ष राम कार्की, लेखा प्रमूख प्रशान्त कुमार झा, इश्वर रैला तथा झक्कप्रसाद पोखरेल रहेका थिए । साथै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका प्रदेश व्यवस्थापक आनन्द बहादुर बिष्ट तथा जन वकालत संयोजक जितलाल ढकालको समेत उपस्थिति रहेको थियो ।


अपाङ्ग एकता समाज गुर्भाकोट सुर्खेतका अध्यक्ष उत्तम विकले संस्थाले गरेका उपलब्धि तथा चुनौतीहरूका बारेमा अनुगमन टोलीलाई जानकारी दिँदै संस्थाको तर्फबाट संघीय अध्यक्ष देविदत्त आचार्यलाई माग पत्र समेत बुझाएका थिए । माग पत्र बुझ्दै अध्यक्ष आचार्यले महासंघको संघिय कार्यालयबाट अपाङ्ग एकता समाज गुर्भाकोटलाई सहयोग भइरहेको र आगामी दिनहरूमा समेत आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए ।

अपाङ्ग एकता समाज गुर्भाकोट कार्यालयको अनुगमन

गुर्भाकोटले ल्यायो ९७ करोड ९१ लाखको बजेट

अपाङ्ग एकता समाज गुर्भाकोट कार्यालयको अनुगमन

YUGAAWHAN NATIONAL DAILY (2080-03-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *